सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

सोमबार सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कायम भएको सुनको मूल्य मंगलबार २ सय रुपैयाँ बढेर ९० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु