सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कायम भएको सुनको मूल्य आइतबार प्रतितोला १ सय रुपैयाँ घटेर ९० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु