सरकारले ३ वर्षमा गरेका काम फागुन ३ गते सार्वजनिक गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ३ वर्षमा गरेका काम फागुन ३ गते सिंहदरबारबाट सार्वजनिक गर्ने बताएका छन् ।

शनिबार बुटबलमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले  फागुन ३ गते ११ बजेदेखि प्रत्यक्ष प्रसारण गर्ने बताए । उनले सरकारले असाधारण काम गरेको भन्दै त्यसबाट आत्तिएर पार्टी फुटाएको समेत बताए ।

उनले बुटवलमा निर्माण हुन लागेको लुम्बिनी केबलकार २०७८ सालको फागुन १ गतेदेखि शुरु हुने र टिकट काटेर वसन्तपुरको डाँडामा पुग्न सकिने बताए ।

उनले काठमाडौंका राम्रा स्कुलमा हुने पढाइ अब बाहिरी सबै जिल्लामा प्रविधिमार्फत् पुर्याउने समेत बताए ।


क्लिकमान्डु