माइक्रोसफ्टले सोसल मिडिया फर्म ‘पिन्ट्रेस्ट’ खरिद गर्ने



माइक्रोसफ्टले सोसल मिडिया फर्म ‘पिन्ट्रेस्ट’ खरिद गर्ने समाचार बाहिर आएको छ । पिन्ट्रेस्टको मार्केट भ्याल्यू ५१ अर्ब डलर छ ।

दि फाइनान्सियल टाइम्सका अनुसार माइक्रोसफ्टले आफ्नो क्लाउड कम्प्युटिङ प्लेटफर्ममा अनलाइन कम्युनिकेशनको एक पोर्टफोलियो बनाउनका लागि पिन्ट्रेस्ट खरिद गर्न चाहन्छ ।

कोभिड–१९ महामारीको दौरानमा पिन्ट्रेस्टको मार्केट भ्यालू ६०० प्रतशितसम्म बढेको थियो ।

माइक्रोसफ्टले पहिले पनि कैयन कम्पनी खरिद गरिसकेको छ । माइक्रोसफ्टले यसअघि लिंक्डइनलाई २६ अर्ब डलर, गिटहबलाई ७.५ अर्ब डलरमा खरिद गरेको थियो । माइक्रोसफ्टले अघिल्लो वर्ष निजी गेमिङ कम्पनी जेनिम्याक्सलाई ७.५ अर्ब डलर दिएको थियो । उक्त कम्पनीले टिकटक खरिद गर्ने प्रयास समेत गरेको थियो । तर यो डिल हुन पाएन् ।

पिन्ट्रेस्टले गत साता सन् २०२० को अन्तिम क्वार्टरको वित्तीय रिपोर्ट पेश गरेको थियो । उक्त रिपोर्ट अनुसार कम्पनीले ७०६ मिलियन डलरको कुल आम्दानी गरेको थियो । कम्पनीले अमेरिकामा मात्रै वार्षिक आधारमा आम्दानी ६७ प्रतिशतले बढेर ५८२ मिलियन डलर भएको छ । साथै इन्टरनेशनल आम्दानी १४५ प्रतिशतले बढेर १२३ मिलियन डलर पुगेको छ । पिन्ट्रेस्टका प्रयोगकर्ताको संख्या पनि ४६ प्रतिशतले बढेुर ३६१ मिलियनभन्दा बढी पुगेको छ ।


क्लिकमान्डु