पेट्रोल, डिजल र मट्टितेलको मूल्य २ रुपैयाँले बढ्यो, निगमलाई १५ दिनमा ७३.८७ करोड घाटा



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा २ रुपैयाँका दरले मूल्य बढाइएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ कायम भएको छ ।

यति हुँदा पनि निगमलाई पाक्षिकरुपमा ७३.८७ करोड घाटा हुनेछ ।


क्लिकमान्डु