६००० एमएएच ब्याट्री भएको शाओमीको रेडमी-९ सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । शाओमीले रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्तामा रेडमी ९ पावरलाई भित्र्याएको छ । रेडमीको यो फोनमा ६००० एमएएच क्षमताको ब्याट्री छ भने एकपटक चार्ज गर्दा एक दिनभन्दा बढिसम्म टिक्ने कम्पनीले दावी गरेको छ ।

यसका साथै, यो ४८एमपी क्वाड क्यामेरा सेट अप, अक्टा–कोर क्वालकम स्नैपड्रैगन ६६२ प्रोसेसर र ६.५३ इन्च एफएचडी प्लस डिस्प्लेको साथ आउँदछ ।

‘यो वर्ष शाओमी नेपालको लागि अद्भूत छ । हामीले हाम्रो रेडमी फोन सिरिजलाई केवल ९ को छाता अन्तर्गत उपकरणहरूको लाइनअप सुधार मात्र गरेनौं, तर हाम्रो पोर्टफोलियोलाई अडियो र भिजुअल श्रेणीमा बिस्तार गर्यौं र रेडमी इयरबड्स एस र एमआई टिभी सार्वजनिक गरेर केही उद्योग बेन्चमार्क पनि कायम गरेका छौं । प्रत्येक रेडमी उपकरणहरु यसवर्ष निकै सफल भएका छन्,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने ।

क्यामराः
रेडमी ९ पावर ४८ एमपी क्वाड क्यामेरा छ । यसमा ४८ एमपी सामसुङ जीएम१ सेन्सर र १२० डिग्री फिल्ड अफ भ्यू भएको ८एमपी अल्ट्रा वाइड क्यामेरा छ । साथै, यसमा २ एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ सेन्सर छ जसले धेरै रोमाञ्चक फोटोग्राफी मोडहरू प्रदान गर्दछ । मीयूआई १२ ले क्यामेरा एपलिकेशनमा क्यामेराको प्राचुर्य विशेषताहरु जस्तै मुभि फ्रेम, टाइम ल्याप्स्, नाइट मोड र कलर फोकस सक्षम गर्दछ । ८ एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलिंगको ख्याल राख्छ ।

ब्याट्रीः
नेपाली प्रयोगकर्ताहरुको लागि विशेष रूपमा बनाइएको, रेडमी ९ पावरले एक चार्जमा २ दिनसम्म प्रयोग गर्न सकिने विशाल ६००० एमएएच ब्याट्री सुविधा प्रदान गर्दछ । ६००० एमएएच ब्याट्रीले ४जी नेटवर्कमा ६९५ घण्टा सम्मको स्ट्यान्डबाइ सक्षम गर्दछ । यो उपकरणमा प्रयोग गरिएको विशेष ऐलांइले ब्याट्री क्षमतामा भएको वृद्धिले स्मार्टफोनको तौललाई बढाउँदैन भनेर सुनिश्चित गर्दछ । रेडमी ९ पावर १८ वाट्ट फास्ट चार्जिंगको साथ आउँदछ जसले ३० मिनेट चार्जिंगमा १४ घण्टा भिडियो कलिंग प्रदान गर्दछ । उच्च गुणस्तरको साथ, रेडमी फोनहरू अब धेरै लामो समय सम्म टिक्छ । रेडमी ९ पावर ईएलबी (एन्हांस्ड लाइफस्पैन ब्याट्री) टेक्नोलोजीको साथ आउँदछ जसको ३ वर्षको ब्याट्री जीवन रहेको छ ।

डिजाइनः
रेडमी ९ पावरले नयाँ औरा पावर डिजाईन फिचर गर्दछ । ठूलो ६.५३ इन्च फुल एचडी प्लस डिस्प्लेले उत्कृष्ट इमेज गुणवत्ता र एक असाधारण समग्र भ्यूइंग अनुभव प्रदान गर्दछ । डिस्प्ले एक टीयूभी रेनल्याण्ड लो ब्लू लाइट प्रमाणीकरणको साथ आउँछ । रेडमी ९ पावरको पछाडि फिंगरप्रिन्ट प्रतिरोधी टेक्चर छ । साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र मी फेस अनलकले सुरक्षाको ख्याल राखेको छ । यसका पूर्ववर्तीहरू जस्तै, रेडमी ९ पावरले डुअल फोरजी स्ट्यान्डबाई सिम कार्ड र डेडिकेटेड माइक्रोएसडी कार्ड स्लट समर्थन गर्दछ, र ३.५ एमएम हेडफोन ज्याकको साथ आउँदछ ।

पर्फमेनश र स्टोरेजः
चिपसेट रेडमी ९ पावरमा भएको क्वालकम स्नैपड्रैगन ६६२ ले एक शानदार मोबाइल अनुभव प्रदान गर्दछ । एड्रेनो ६१० ले निर्बाध गेमिंग अनुभव सक्षम पार्ने स्मुद र भिभिड ग्राफिक्स सुनिश्चित गर्दछ । रेडमी ९ पावर पनि इमर्सिभ मल्टिमिडीया अनुभवका लागि स्टेरियो स्पिकरहरूको साथ एक हाइ-रेज अडियो प्रमाणिकरणको साथ आउँदछ । रेडमी ९ पावरमा ४जीबी र्याम र ६४ जीबी यूएफएस तथा ४जीबी र्याम र १२८जीबी यूएफएस छ र डेडिकेटड माइक्रोएसडी कार्ड स्लटलाई ५१२ जीबी सम्म बढाउन मिल्छ ।

गुणस्तरः
रेडमी ९ पावरको फ्रन्टमा स्क्र्याचबाट जोगाउन कर्निंग गोरिल्ला ग्लास ३ रहेको छ । रबराइज्ड पोर्टको साथ स्प्ल्याश प्रतिरोधी कोटिंगले दुर्घटनात्मक स्पिलबाट बचाउँछ । स्मार्टफोनको दीर्घायु कोरोशन प्रतिरोधक पोर्टहरू द्वारा सुनिश्चित गरिएको छ ।

उपलब्धताः
रेडमी ९ पावर चारवटा कलर भेरियन्टहरू- माईटी ब्ल्याक, ब्लेजिंग ब्लू, फाएरी रेड र इलेक्ट्रिक ग्रीन मा उपलब्ध हुनेछ । यो अनलाइन र अफलाईन स्टोरहरूमा माघ २८ गतेदेखि उपलब्ध हुनेछ ।

मूल्यः
यो फोनको मूल्य ४जीबी र थप६४जीबी भरियन्टको मूल्य रु १८ हजार ९९९ छ भने ४ जीबी र थप १२८जीबी भरियन्टको मूल्य २० हजार ९९९ रहेको छ ।


क्लिकमान्डु