सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभ्ने



काठमाडौं । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभ्ने भएको छ ।

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभ्ने विषयमा सम्झौतामा हस्ताक्षर गरेको छ । पछिल्लो समय सिटिजन्स बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई गाभ्नको लागि आक्रमक रुपमा अगाडि देखिएको छ ।

विराटनगरमा आयोजित एक कार्यक्रमका बीच यस बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्स लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक श्री सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सिर्जना फाइनान्सको मुख्यालय सहित २१ वटा शाखा रहेको छ । बैंकले बुटवलमा मुख्य कार्यालय रहेको क्षेत्रिय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्झौता गरिसकेको छ । सिर्जना फाइनान्सको चुक्ता पूँजी ८४ करोड ७८ लाख रहेको छ ।

पुस मसान्तसम्मको विवरण अनुसार सिर्जना फाइनान्सले ८ अर्ब ९१ करोड निक्षेप रहेको छ भने कर्जा ६ अर्ब २० करोड कर्जा रहेको छ ।


क्लिकमान्डु