लाइसेन्सका लागि लिखित परीक्षा पास भएको १८ महिनासम्म ट्रयाल दिन पाइने



काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि लिखित पास भएपछि १८ महिनासम्म ट्रयाल दिन पाइने भएको छ ।

‘कोभिडका कारणले लाइसेन्सको परीक्षा रोकिएको थियो, राजस्व बुझाएकाले परीक्षा दिन पाएका थिएनन् भने लिखित पास भएकाहरुको हकमा पनि ट्रायल दिन पाएका थिएनन् । त्यसैले उनीलाई सम्बोधन गर्नका लागि यो व्यवस्था लागू गरिएको हो,’ यायायात विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रयाल) पास भएको एक वर्षभित्र राजस्व तिर्नुपर्ने, राजस्व बुझाइ लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रयाल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम गरिएको छ ।

सो व्यवस्था बमोजिम इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स र भेहिकल रजिष्ट्रेसन सिस्टममा समेत अद्यावधिक गरिएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि लाइसेन्सको परीक्षा हुन सकेको थिए ।


क्लिकमान्डु