टिकटकमाथि भारतीय प्रतिबन्धपछि २ हजार कर्मचारी बेरोजगार



एजेन्सी । भारत सरकारले सामाजिक रुपमा नकारात्मक असर पुर्याएको तथा गोग्य रुपमा सूचना संकलन गरेको आरोप लगाउँदै चिनियाँ एप टिकटकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धका कारण प्रयोगकर्ता मारमा परे । तर, सबैभन्दा बढी मारमा भने त्यसमा कार्यरत कर्मचारी भएका छन् । भारतमा मात्रै टिकटकमा कार्यरत २ हजार बढी कर्मचारी थिए । एप नै बन्द भएपछि ती कर्मचारीको रोजगारी खोसिएको छ ।

चीनसँगको सीमा विवादलाई देखाएर टिकटक प्रतिबन्ध गरिएको हो । विगतमा अस्थायी प्रतिबन्ध लगाइएको भएपनि पछिल्ला दिनमा पूर्ण रुपमा प्रतिबन्ध नै लगाइएको सरकारी अधिकारीको भनाइ छ ।

भारतमा मात्रै टिकटक प्रयोगकर्ता झण्डै २० करोड हाराहारीमा थिए । प्रयोगकर्ताको संख्यामा दिन दुईगुणा रात चार गुणाको दरले बढीरहेको थियो ।

तर, भारत सरकारको नीति अनुसार नै टिकटक बन्द भएपनि कार्यरत कर्मचारी भने मर्कामा परेका हुन् ।

सर्ट भिडियो एप टिकटक भारतमा बन्द भएको जानकारी भने ग्लोबल हेड बेनेसा पपास तथा ग्लोबल बिजनेश सोलुसनका भाइस प्रेसिडेण्ट ब्लेक चेड्लीले आफना कर्मचारीलाई दिएका छन् ।

टिकटका प्रवक्ताले यो असाध्यै निराजनक कुरा भएको बताए । उनले पछिल्लो ७ महिनामा हाम्रो प्रयासका बाबजूत पनि सरकारको तर्फबाट स्पष्ट दिशानिर्देशक आउन सकेन ।

फेरी पनि एप सञ्चालनका लागि के गर्नुपर्छ भन्नेमा कुनै जानकारी आएको छैन । यति लामो समयसम्म पनि २ हजार बढी कर्मचारीले हाम्रा लागि काम गरे । तर, अब हाम्रो सामु उनीहरुलाई विदा गर्नुको विकल्प नै रहेन ।

इमेलमा भनिएअनुसार अब टिकटक कहिले भारतमा पुनः आउने भन्ने बारेमा कुुनै सोचाई छैन । फेरी चलाउनका लागि के गर्नुपर्छ भन्ने पनि प्रष्ट भएको छैन ।

बायडासको स्रोत अनुसार कम्पनीमा कार्यरत कर्मचारीलाई ३ महिनाको तलब तथा सुविधा उपलब्ध गराइएको छ । यस्तै कति वर्ष काम गरे, सोही आधारमा नै अतिरिक्त मेहनतको पैसा समेत उपलब्ध गराइनेछ ।

कम्पनीले संसारभर भने ३ हजार ९०० करोड बराबरको मुनाफा कमाएको छ । अमेरिकामा पनि एप बन्द गर्ने वा नगर्ने भन्नेबारेमा कानूनी लडाई जारी छ ।

एप एनालिटिक्सका अनुसार सन् २०२० मात्रै ८५ करोड पटक टिककट डाउनलोड भएको छ । सो बर्षमा अत्याधिक डाउनलोड हुनेमा टिकटक नै अग्रस्थानमा रहेको छ ।

त्यसका अलावा ६० करोड पटक ह्वाटसएप, ५४ करोड फेसबुक डाउनलोड भएको छ ।

गलवान उपत्यकामा भएको चीन र भारतीय सेनाको झडपपछि भारत सरकारले २९ जुनदेखि टिकटकलगायत अन्य चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।


क्लिकमान्डु