विश्वका २ धनी व्यक्ति एलन मस्क र जेफ बेजोसबीचको विवाद सामाजिक सञ्जालमा पोखियो



विश्वका सबैभन्दा धनी २ व्यक्तिहरु विवाद शुरु भएको छ । यहाँ चर्चा गरिएका सबैभन्दा धनी व्यक्ति हुन् एलन मस्क र जेफ बेजोस । दुबै अर्बपतिहरु ठूलो संख्यामा स्याटेलाइट लञ्च गर्न चाहेका छन् । यी स्याटलाइटको सहयोगमा उनीहरु धर्तीमा इन्टरनेट सप्लाइ गर्नेछन् । यसैबीच यी दुईबीच सामाजिक सञ्जालमा अन्तरिक्षमा कब्जा गर्ने विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

मस्कले सोसल मिडियामा स्पेसएक्सका माध्यमबाट अमेजनको आलोचना गरे । उनले बेजोसको कम्पनीमाथि स्टारलिंकको रणनीतिका वारेमा गलत दावी गरे । स्टारलिंक एक स्याटलाइट इन्टरनेट कन्स्टलेसन हो । यसैबाट स्पेसएक्स अपरेट गर्दछ ।

के हो विवाद ?
स्पेसएक्सका निर्देशक डेभिड गोल्डम्यानले अघिल्ला साता अमेरिकाको फेडरल कम्युनिकेशन कमिसन (एफसीसी)मा स्टारलिंक स्याटेलाइट अन्तरिक्षको तल्लो कक्षमा अपरेटका लागि अनुमति माग गरिएको थियो । अमेजनको स्पेस कम्पनी ब्लू ओरेजनको आफ्नो स्याटेलाइट ५९० किलोमिटर उचाइमा स्थापित गर्नेछ ।

जबकी मस्कको स्पेसएक्सलाई ५४० देखि ५७० किलोमिटरको उचाइमा स्याटेलाइट स्थापित गर्नका लागि अनुमति प्राप्त भइसकेको छ । अमेजनले यति उचाइमा स्पेसएक्सको स्याटेलाइटका कारण उसको र अन्य कुइपर प्रोजेक्ट तथा स्याटेलाइट सिग्नललाई हानी पुर्याउने दावी गर्दै आएको छ । तर स्पेसएक्स भने यो मान्न तयार छैन । अमेजनको स्याटेलाइट पनि अन्तरिक्षबाट इन्टरनेट सेवा दिनका लागि डिजाइन गरिएको हो ।

ब्लूमबर्गको रिपोर्ट अनुसार यो विवाद अगाडि आएको हो । दुबै व्यवसायीहरु अन्तरिक्षमा आफ्नो सपना पूरा गर्न चाहन्छन् । अमेजनले जनवरी २६ मा सामाजिक सञ्जालमा स्पेसएक्सको प्रस्तावले स्याटेलाइट सिस्टमबीच हुने प्रतियोगितालाई हानी पुर्याएको बताएको थियो । अमेजनलाई जवाफ दिँदै मस्कले सामाजिक सञ्जालमा यो जनताको हितमा नभएको र कैयन वर्ष पछाडि रहेको स्याटेलाइट सिस्टमका लागि स्टारलिंक स्याटेलाइटलाइ डिसेबल गर्नुपर्ने बताएका थिए ।

स्पेसएक्ससँग छन् १ हजार स्याटेलाइट
अमेजनलाई कम्युनिकेशन कमिसनले ३ हजार २३६ स्याटेलाइट लञ्च गर्नका लागि अनुमति दिइसकेको छ । जबकी एलन मस्कको स्पेसएक्स कम्पनीले हालसम्म १ हजार वटा स्याटेलाइट लञ्च गरेको छ । यी सबै स्टारलिंक इन्टरनेट सिस्टमका लागि हो । यसले अमेरिका, क्यानडा तथा ब्रिटेनका प्रयोगकर्तालाई सेवा दिनेछ ।


क्लिकमान्डु