१ अर्ब बढी बिक्यो एप्पलको आइफोन



एजेन्सी । एप्पलको कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । संसारभर नै लोकप्रिय रहेको एप्पलको बिक्री झण्डै १ अर्ब बराबर पुगेको पछिल्लो विवरणमा जनाइएको छ ।

पछिल्लो तीन महिनामा मात्रै एप्पलको कारोबारमा उल्लेख्य संख्यामा वृद्धि भएको हो । मोबाइल फोन कारोबारबाट मात्रै ६५ अर्ब डलर बराबर पुगेको छ ।

संसारभरकै सबैभन्दा ठूलो कम्पनीले डिसेम्बरसम्म १११.४ अर्ब डलर बराबरको कारोबार गरेको थियो । पहिलो पटक एप्पलको कारोबार १०० अर्ब डलर माथि पुगेको छ । कम्पनीले केवल आइफोन बिक्री गरेर मात्रै ६५ अर्ब डलर बराबर कमाएको छ ।

सन् २०१८ मा मात्रै एप्पलको कूल कारोबार ६२.९ अर्ब डलर थियो । अर्थात् दुई वर्षको कारोबार जति थियो, उती नै बराबर कारोबार केवल आइफोन बिक्री गरेर भएको छ । आइफोन बिक्रीको पछिल्लोे रेकर्ड समेत अन्त्य भएको छ ।

विवरण अनुसार आइफोन बिक्री १७ प्रतिशतले बढेको छ । यस्तै, आइप्याड बिक्रीबाट ४१ प्रतिशतले बढेको छ । तीन महिनाको विवरण अनुसार कूल कारोबारमा ५८ प्रतिशत बढी ज्यादा हिस्सा आइफोनको रहेको छ ।

तीन महिनाको विवरण अनुसार रेभेन्यू २१ प्रतिशत तथा नाफा ३० प्रतिशतले बढेको छ । पछिल्लो तीन महिनामा एप्पलको प्रोफिट २८.७५ अर्ब डलर रहेको छ ।

आइफोनको बिक्री १७ प्रतिशत, आइप्याड ४१ प्रतिशत म्याक कम्प्युटरको २१ , एसोसिरिजको ३० प्रतिशत तथा सर्भिसेजको २४ प्रतिशतले वृद्धि भएको छ । संसारभर एप्पलको १ अर्ब ६५ करोड डिभाइस सक्रिय रहेको छ ।

त्यसमा १०० करोड बढी आइफोन रहेको छ । कूल बिक्री मध्ये अमेरिकाको हिस्सा ३६ प्रतिशत र अन्य देशको हिस्सा ६४ प्रतिशत रहेको छ ।

एप्पलका प्रमुख कार्यकारी प्रमुख टिम कुकका अनुसार भारतलगायत दक्षिण एशियाली देशमा समेत व्यापार वृद्धि हुने अपेक्षा राखेका छन् । उनका अनुसार स्मार्टफोन बजारमा एप्पलको हिस्सेदारी समेत दुईगुणा पुगेको छ ।

डेटा फर्म सिएमआरका अनुसार डिसेम्बरसम्मको त्रैमासमा एप्पलको बजार हिस्सा ४ प्रतिशत थियो । कुकका अनुसार भारतमा अनलाइन स्टोरको असाध्यै राम्रो प्रतिक्रिया प्राप्त भएको थियो ।

छिट्टै नै रियल स्टोरमा समेत सार्वजनिक गर्ने तयारी गरिएको छ । कुकका अनुसार आइफोनको पहिलो बिक्री स्टोर सन् २०२१ मा खुल्नेछ ।

समाचार अनुसार पहिलो स्टोर मुम्बईमा खुल्ने विश्वास लिइएको छ । हालसम्म भारतमा एप्पलको आफनो स्टोर थिएन ।

उसले अन्य व्यवसायीक घरानासँग मिलेर आइफोन बिक्री गर्दै आएको थियो । सिएमआरका अनुसार सन् २०२० मा भारतमा एप्पलको बिक्री ६० प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु