अब स्मार्ट फेस मास्क, आउटडोर गेम खेल्न र फोन गर्न मिल्ने सुविधा



अमेरिकी कन्जुमर इलेक्ट्रिोनिक्स कम्पनीले स्मार्ट फेस मास्क निर्माण गरेका छन् । यो स्मार्ट मास्कलाई हेजल नाम दिइएको छ । यो एन९५ फेस मास्क हो । यसमा गेमिङ प्रपोजका लागि पनि तयार गरिएको छ । अर्थात यो फेस मास्क लगाएर तपाईं आउटडोर गेम पनि खेल्न पाउनु हुनेछ ।

मास्कका कारणले श्वास फेर्नका लागि कुनै पनि समस्या हुँदैन । यसमा भेन्टिलेसन फंसन अनुसार डिजाइन गरिएको छ । कम्पनीको दावी अनुसार मास्क भित्रि श्वासबाट उत्पन्न हुने तातो हावा भेन्टिलेसनको सहयोगबाट बाहिर जानेछ र शुद्ध हावा भित्र जानेछ ।

यो मास्कबाट माइक पनि जडान गरिएको छ । साथै योसँगै एम्पलिफायर पनि पाइनेछ । अर्थात् तपाईंले मास्कमा स्मार्टफोन कनेक्ट गर्न सक्नुहुनेछ । यसपछि तपाईंले मास्कबाटै कल गर्न पनि सक्नुहुनेछ । जसमा ह्यान्ड्स फ्रि कल गर्न सकिनेछ ।

कम्पनीले मास्कसँगै एक बक्स पनि दिनेछ । यो बाकसमा राखेर तपाईंले मास्क चार्ज गर्न सक्नुहुन्छ । बक्सभित्र यूभी स्टेरिलाइजर लाइट पनि हुनेछ ।

जसले मास्कलाई स्यानिटाइज गर्नेछ । यद्यपि यो मास्क कति समयमा पूरा चार्ज हुनेछ भन्नेमा कम्पनीले केही जानकारी दिएको छैन । यो मास्कमा हल्क ब्ल्याक कलरको ग्लास हुनेछ । जुन ट्रान्सप्यारेन्ट हुनेछ । कम्पनीले यसको मूल्य कति हुन्छ भन्ने विषयमा अझै जानकारी दिएको छैन ।


क्लिकमान्डु