मञ्जुश्री फाइनान्सले ५० करोडको ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?



काठमाडौं । मञ्जुश्री फाइनान्सले ५० करोड रुपैयाँको ‘९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र २०८५’ निष्काशन हुने भएको छ ।

माघ १८ देखि प्रति कित्ता १ हजार रुपैयाँका दरले ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । ऋणपत्रमा असोज २१ गतेसम्म आवेदन दिन सकिने छ । त्यो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन २ गतेसम्मको समय रहेको छ ।

उक्त ऋणपत्रमा १० हजार कित्ता म्युचुअल फन्डलाई, ३ लाख कित्ता फाइनान्सले नै व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ । यस्तै सर्वसाधारणले सर्वसाधारणले १ लाख ९० हजार कित्ताको लागि मात्रै आवेदन दिन पाउने छन् । ८ वर्षको लागि निष्काशन हुन लागेको ऋणपत्रको ब्याज ९.५ प्रतिशत रहेको छ । यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

आवेदन दिनको लागि सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट सकिने छ । न्यूनतम २५ देखि अधिकतम माग गरिएको कित्तामा आवेदन दिन सकिने छ ।


क्लिकमान्डु