मुक्तिनाथ विकास बैंकको नाफा ३०.२६ % ले बढ्यो
काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६१ करोड ५५ लाख ७३ हजार ५०२ रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३०.२६ प्रतिशतले बढी हो ।
गत आवको सोही अवधिमा बैंकको नाफा ४७ करोड २५ लाख १२ हजार ५७ रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ५२ करोड ५५ लाख १० हजार १०७ रुपैयाँ रहेको छ ।
बैंकको नाफाका साथै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । १ अर्ब १६ करोड २४ लाख ३८ हजार ८४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले ८६ करोड ५२ लाख १० हजार ७१७ रुपैयाँ सञ्चालन मुनाफा रहेको छ ।
४ अर्ब ८१ करोड १५ लाख ५० हजार ८०३ रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ९३ करोड ३० लाख १८ हजार ६३८ रुपैयाँ रहेको छ ।
७४ अर्ब ८७ करोड २२ लाख ४६ हजार ५७१ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५८ अर्ब २७ करोड ४० लाख ४१ हजार ३ सय रुपैयाँ कर्जा लगानी गरेको छ ।
यो अवधिमा बैंकको खराब कर्जा ०.११ प्रतिशतबाट बढेर ०.३० प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४२ पैसा रहेको छ ।