नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ८ करोडले घट्यो, खराब कर्जामा सुधार



 

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दोस्रो त्रैमासमा १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको छ । कोरोना महामारीपछि चालु आवको दोस्रो त्रैमासमा मात्रै ९६ करोड नाफा कमाएको छ ।

बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा ७ करोड ९५ लाख ३ हजार रुपैयाँले कमी हो । बैंकको सो अवधिमा १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा दोस्रो त्रैमाससम्ममा ४९ करोड ३८ लाख ३८ हजार रुपैयाँ छ ।

बैंकले गत असारको तुलनामा पुस महिनामा आइपुग्दा निक्षेपमा पनि सामान्य गिरावट देखिएको छ । गत असार ३१ गतेसम्म १ खर्ब ६६ अर्ब ३६ करोड २१ लाख २६ हजार रुपैयाँ निक्षेप थियो भने अहिले त्यो घटेर १ खर्ब ६६ अर्ब ३५ लाख ६७ लाख ६३ लाख रुपैयाँ छ ।

बैंकले १ खर्ब ३८ अर्ब १ करोड ९६ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब २.९० प्रतिशतबाट घटेर २.७५ प्रतिशतमा सीमित भएको छ ।

बैंकको प्रति सेयर आम्दानी २३.४३ रुपैयाँबाट घटेर १९.७१ रुपैयाँमा सीमित भएको छ । त्यसैगरी प्रतिसेयर नेटवर्थ १८४.३ रुपैयाँबाट बढर २०७.३९ रुपैयाँ पुगेको छ ।

बैंकको चुक्तापुँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ छ भने जगेडा कोषमा १२ अर्ब १५ करोड ३७ लाख रुपैयाँ पु्गेको छ ।


क्लिकमान्डु