वाट्सएपको नयाँ नीति आएसँगै सिग्नल र टेलिग्रामका प्रयोगकर्ता बढे



वाट्सएपले ल्याएको नयाँ प्राइभेसी पोलिसी आफैलाई घातक बनेको छ । प्राइभेसी पोलिसीमा सफाइद दिँदा पनि प्रयोगकर्ताहरु अन्य वाट्सएपको साटो अन्य एप डाउनलोड गर्न थालेका छन् ।

गत ६ जनवरीमा घोषणा भएको नयाँ नीतिपछि भारतमा मात्रै ४० लाखभन्दा बढी मोबाइलमा सिग्नल र टेलिग्राम डाउनलोड गरिएको छ । जसमा २४ लाख मोबाइलमा सिग्नल र १६ लाख मोबाइलमा टेलिग्राम डाउनलोड गरिएको छ ।

टेलिग्रामले बुधबार विश्वभर ५० करोड डाउनलोड भएको आँकडा प्रस्तुत गरेको छ । जसमा पछिल्लो ७२ घण्टामा मात्रै विश्वभर साढे २ करोड पटक टेलिग्राम डाउनलोड गरिएको छ । जसमा एसियामा सबैभन्दा बढी ३८ प्रतिशत प्रयोगकर्ता रहेको टेलिग्रामले जानकारी दिएको छ ।

डाटा एनालिटिक्स एजेन्सी सेन्सर टावरका अनुसार वाट्सएपले नयाँ नीति घोषणा गर्नुभन्दा अघि विश्वभर २.५ लाख सिग्नल एप डाउनलोड गरिएको थियो । तर त्यसपछि प्रयोगकर्ताको संख्या ८८ लाख पुगेको छ ।

सेन्सर टावर एपटोपिया जस्ता एजेन्सीहरुका अनुसार वाट्सएपको डाउनलोड ३५ प्रतिशतले कमी आएको छ । –एजेन्सी


क्लिकमान्डु