गरिबको नाममा कम्पनी दर्ता गरेर नक्कली भ्याट बिल बनाउने प्रदिप साह विरुद्द मुद्दा
काठमाडौं । विपन्न परिवारका सदस्यलाई आर्थिक प्रलोभन दिएर कम्पनी खोल्ने र नक्कली भ्याटबिलको कारोबार गर्ने सर्लाहीका प्रदिप साह विरुद्द राजस्व अनुसन्धानले मुद्दा दायर गरेको छ ।
विभागले साह सहित १० वना विरुद्द ६५ करोड २८ लाख ५२ हजार ३८२ रुपैयाँ बिगो राखेर मुद्दा दर्ता गरेको हो ।
साहले आर्थिक अवस्था कमजोर भएका व्यक्तिको नाममा १३ वटा फर्म खोलेका थिए । आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म मूल्यअभिबृद्धि कर वापत २२ करोड करोड,भ्याट तर्फ ३७ करोड लाभांश कर वापत ५ करोड २० लाख छलेका थिए ।
विभागले उच्च अदालत पाटनमा सोमबार मुद्दा दर्ता गरेको हो ।
पछिल्लो समय आर्थिक अवस्था कमजोर भएका व्यक्तिको नाममा कम्पनी तथा फर्म खोलेर नक्कली भ्याटबिल प्रयोग गर्ने धन्दा फस्टाएको छ । विभागले यस्ता कारोबार गर्नेमाथि अनुसन्धानको दायरा बढाएको छ ।