यो वर्ष कम्युनिष्टहरूको शुद्धिकरण गरिनेछ- प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो नेपालको इतिहासमा एतिहासिक वर्ष हुने र संविधा कार्यान्वयनको सम्बन्ध, संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा मार्गनिर्देशन गर्ने बताए ।
राजधानीमा आयोजित विशेष पार्टी भेलालाई सम्बोधन गर्दै ओलीले यो वर्ष सुख र समृद्धिको वर्ष बन्ने दावी गरे ।
उनले यो वर्ष कम्पयुनिष्टको ७२ वर्ष पुगेको अवसरमा एउटा नयाँ महान शुद्धिकरण अभियान सफलताका साथ चलाइने बताए । र, यो कम्युनिष्ट आन्दोलनको एउटा माइलस्टोन हुने समेत उनले दावी गरे ।
‘त्रिशुली नदीमा तपाईंले कुनै फोहोर परेको देख्नु भयो भने त्यसका छालहरुले बिस्तारै, बिस्तारै किनारमा फ्याक्छन्, किरानमा भएको फोहोरलाई अर्को छाल आएर पानीभन्दा बाहिर फ्याँक्छ । त्यसैगरी कम्युनिष्ट आन्दोलनले पनि त्यस्ता तत्वहरुलाई किनारभन्दा पनि बाहिर फ्याक्ने छ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले यो वर्ष कोभिडमाथि नियन्त्रण गरिने र कोभिड हट्ने समेत दावी गरे ।
नेकपाको प्रचण्ड–माधवको समूहलाई लक्षित गर्दै भने– ‘अस्ती हाम्रो पार्टीको बैठकमा उपस्थित नभएकाहरुले एउटा भेला गरेछन् । त्यहाँ एकथरीले एएटा नारा लगाए, अर्कोथरीले अर्को नारा लगाए । त्यहीँ ठाकठूक शुरु भयो । माथिका नेताहरुलाई मात्रे पद र कुर्सी चाहिएको छ । पद चाहिएको भए बैठकमा पो आउनु पर्छ त । सुन्तला खान सल्लाघारीमा गएर हुन्छ ?’
उनले खिला लागेका दुई वटा नल बोल्ट फेर्दा गाडी चल्न थालेको बताए । ‘हामीले फुस्काएको पनि होइन, आफू फुस्किएको हो । खिया लागेका दुई वटा बोल्ट आफै फुस्किए, बल्ल पार्टीले गति लियो ।’