एप्पलले एकैदिन ४६ हजार एप हटायो



एप्पलले एकैदिन आफ्नो चाइना स्टोरबाट मात्रै ३९ हजार गेम एप हटाएको छ । जुन एकै दिन हटाएको अहिलेसम्म कै ठूलो रिमुभल हो । किनभने यसमा सबै गेम पब्लिर्सले वर्षको अन्त्यसम्मा लाइसेन्स प्राप्त गर्ने समयसीमा निर्धारित गरिएको थियो ।

चीन सरकारको अनुमति बिना लाइसेन्स नभएका गेपलाई रोक्नका लागि उक्त कारबाही गरिएको हो ।

त्यसैगरी एप्पले कुल ४६ हजार एप हटाएको छ । शोध फार्म किमाइका अनुसार कारबाहीबाट प्रभावित गेम यूभी सफ्ट टाइटल एसियन्स क्रिड आइडेन्टिट तथा एनबी टुके२० जस्ता गेम पनि थिए ।

किमाइका अनुसार एप्पल स्टोरमा उपलब्ध् १५ सय पेड एपमा अब जम्मा ७४ वटा मात्रै छन् । यद्यपि एप्पले यसबारेमा कुनै आधिकारिक बयान जारी गरेको छैन ।


क्लिकमान्डु