निर्वाचन आयोगले माघ १५ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने



काठमाडौं । प्रतिनिधिसभा बिघटनपछि आगामी बैशाख १७ र २७ गरी दुई चरणका लागि घोषणा भएको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने भएको छ ।

आयोगका अनुसार आगामी माघ १५ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने भएको हो ।

आयोगका अनुसार यसका लागि पुस ५ गतेसम्म् १८ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ । यसअघि पुस ६ गतेदेखि आयोगले मतदाता नामावली दर्ता कार्य स्थगत गरेको थियो । आयोगका अनुसार सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ ।

उक्त कार्यक्रम सञ्चालनको अवधिभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गइ मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटी सच्याउन निवेदन दिने, मृत्यु भएका वा बसाइ सरी गएका वा दोहोरो नाम रहेको मतदाताको नाम हटाउन सूचना दिने तथा झुट्टा विवरण दिइ कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरुद्धमा उजुरी दिनका लागि आयोगले अनुरोध गरेको छ ।


क्लिकमान्डु