सुनको भाउ बढ्यो, कति छ एक तोलाको मूल्य ?



काठमाडौं । शुक्रबार बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ पुगेको छ । बिहीबार ९४ हजार १ सय रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार तेजावी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


क्लिकमान्डु