लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ



काठमाडौं । उखु किसानलाई रकम भुक्तानी नगरेपछि लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार बिहान वीरगञ्जबाट अग्रवाललाई पक्राउ गरेको हो । अग्रवाललाई आवश्यक कारबाहीका लागि हाल पश्चिम नवलपरासीमा पठाइएको महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए ।

उखु किसानलाई भुक्तानी गर्नुपर्ने १७ करोड रुपैयाँ भुक्तानी नगरेपछि उजुरीका आधारमा पक्राउ गरिएको हो ।

उखु किसानले भुक्तानी नपाएपछि गत वर्ष र यस वर्ष राजधानीमा आएर प्रदर्शन गरेका थिए । त्यसपछि सरकारले किसानको रकम भुक्तानी नगर्नेहरुलाई पक्राउ गर्न आदेश दिएको थियो । त्यसपछि केही चिनी मिलले किसानलाई रकम भुक्तानी दिन शुरु गरेका थिए ।


क्लिकमान्डु