उखु किसान र सरकारबीच सहमति, आन्दोलन स्थगित



काठमाडौं । आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ ।

चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम २१ दिनभित्र पाउने सहमति भएसङ्गै किसानले आन्दोलन स्थगित गर्ने भएका हुन् ।

बक्यौता रकम भुक्तानीको माग गर्दै उखु किसान दुई हप्तादेखि आन्दोलनरत थिए ।

उखु किसानले सरकारसँगको ४ बुँदे सम्झौता गरेका हुन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र किसानबीच सहमति भएको हो।


क्लिकमान्डु