बैंकहरुमा निक्षेप संकलनभन्दा कर्जाको माग बढी, एक साता दिनमै १७ अर्ब कर्जा प्रवाह



काठमाडौं । कोरोना भाइसर संक्रमणको त्रासले उब्जाएको असहज परिस्थित सामान्य हुँदै गएपछि बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जाको माग अत्याधिक बढ्न थालेको छ ।

पछिल्लो एक सातामा नै वाणिज्य बैंकहरुले १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा निक्षेप संकलन भने बैंकहरुले १२ अर्ब रुपैयाँ गरेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।

संघद्वारा उपलब्ध तथ्यांकअनुसार पुस ३ गतेसम्म वाणिज्य बैंकहरुले ३१ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसको एक साताबीचमा अर्थात् पुस १० गतेसम्म बैंकहरुले १७ अर्ब रुपैयाँले कर्जा बढाएर ३१ खर्ब ४० अर्ब रुपैयाँ पुर्याएका हुन् ।

सो अवधिमा बैंकहरुको निक्षेप संकलन भने १२ अर्ब रुपैयाँले मात्र बढेको छ । संचालनमा रहेका २७ वाणिज्य बैंकहरुले पुस ३ गतेसम्म ३७ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । पुस १० गतेसम्म बैंकहरुको निक्षेप संकलन १२ अर्ब रुपैयाँले बढेर ३७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

कोरोना भाइरसको प्रभावले लामो समयसम्म सुस्ताएको कर्जा माग पछिल्लो समय अर्थतन्त्र चलायमान हुँदै जाँदा बैंकहरुमा माग बढ्न थालेको हो ।


क्लिकमान्डु