चेक बाउन्स भएपछि पूर्व सांसद् दुमन सिंह थापाको सेयर लिलाम हुने



काठमाडौं । बाउन्स चेक दिएपपिछ पूर्व सांसद् डा दुमनसिंह थापाको मेगा बैंकमा रहेको १५ सय कित्ता सेयर लिलाम हुने भएको छ ।

मेगा बैंकका संस्थापक तथा पूर्व संचालक समेत रहेका थापालाई चेक बाउन्सको मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो । उनको मेगा बैंकमा रहेको १५ सय कित्ता सेयर लिलामी गर्ने फैसला समेत गरेको थियो ।

थापाले श्रीराम लामिछानेलाई दिएको २५ लाख रुपैयाँको चेक बाउन्स भएको थियो ।

जसकारण लामिछानेले थापा विरुद्द काठमाडौं जिल्ला अदालतमा चेक अनादरको बिगो भराई पाउ भनी मुद्दा दर्ता गरेका थिए । अदालतले दुमन सिंह थापालाई २५ लाख रुपैयाँ र सोको ब्याज समेत असुल हुने गरी मुलुकी फौजदारी कार्यविधि अनुसार डाँक लिलामी सुचना सार्वजनिक गरेको हो ।

दुमन सिंह थापाको नाम रहेको मेगा बैंकको सेयर माघ १२ गते पञ्चकृति मुल्यमा बोलकबोलमार्फत् लिमामी गरिने उल्लेख छ । लिलामी गरिने सेयर प्रतिकित्ता २ सय ५४ रुपैयाँका मुल्य तोकिएको छ ।

थापाले २०७० सालमा नेकपा एमालेबाट अर्घाखाचीबाट निर्वाचन जितेका थिए ।


क्लिकमान्डु