युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त



काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकको राजदूतमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ७ गते खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाका लागि नेपालको आवासीय रावदूत पदमा नियुक्त गरेकी हुन् ।

यसअघि अर्थमन्त्री रहेका खतिवडा राष्ट्रियसभामा सदस्यको कार्यकाल सकिएपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनी त्यसपछि प्रधानमन्त्रीका आर्थिक सल्लाहकारका रुपमा नियुक्त भएका थिए । ओलीले त्यसपछि खतिवडालाई राजदूतका लागि सिफारिस गरेका थिए ।


क्लिकमान्डु