बैंकहरुमा कर्जा माग बढ्यो, एक सातामा नै २२ अर्ब प्रवाह



काठमाडौं । कोरोना भाइसर संक्रमणको त्रासले उब्जाएको असहज परिस्थित सामान्य हुँदै गएपछि बैंकहरुमा कर्जाको माग अत्याधिक बढ्न थालेको छ । पछिल्लो एक सातामा नै वाणिज्य बैंकहरुले २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार मंसिर २६ गतेसम्म ३१ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसको एक साताबीचमा अर्थात् पुस ३ गतेसम्म बैंकहरुले २२ अर्ब रुपैयाँले कर्जा बढाएर ३१ खर्ब २३ अर्ब रुपैयाँ पुर्याएका हुन् ।

सो अवधिमा बैंकहरुको निक्षेप संकलन समेत २३ अर्ब रुपैयाँले बढेको छ । संचालनमा रहेका २७ वाणिज्य बैंकहरुले मंसिर २६ गतेसम्म ३६ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । पुस ३ गतेसम्म बैंकहरुको निक्षेप संकलन ३७ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु