नबिल बैंकले ३५.२६ प्रतिशत लाभांश दिने



काठमाडौं । नबिल बैंकले सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

पुस ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश दिने निर्णय गरेको हो ।

बैंकले ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको उक्त निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत र साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

हाल बैंकको चुक्त पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ भने बोनस सेयर वितरणपछि १३ अर्ब ४५ करोड पुग्नेछ ।

 


क्लिकमान्डु