भिभो मोबाइलले बृहत वार्षिक सेल्स कार्निभल आयोजना गर्दै, मोबाइल खरिदमा विशेष छुट पाइने



काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले नेपालमा आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा ‘बृहत वार्षिक सेल्स कार्निभल’ आयोजना गर्ने भएको छ । कम्पनीले १२ डिसेम्बरदेखि शुरु भएर ५ जनवरीसम्म चल्नेछ ।

कार्निभलमा ग्राहकहरुले ठूलो छुटमा मोबाइल खरिद गर्न सक्नेछन् भने नजिकै रहेको कम्पनीका आउटलेट वा भिभोको आधिकारिक अनलाइन पार्टनर दराजबाट पनि छुट प्राप्त गरी सामान खरिद गर्न सक्नेछन् । कम्पनीले भिभो भि१९, भिभो एसवान प्रो र भिभो वाई१२ स्मार्टफोनमा विशेष छुट दिने बताएको छ ।

२५ दिनसम्म चल्ने बिक्री मेलामा प्रत्येक भिभो स्मार्टफोन बिक्रीमा लक्की ड्रमार्फत् आकर्षक उपहार ह्याम्परहरु र बम्पर पुरस्कारहरु वितरण गर्नेछ । लक्की ड्र उपहारको रुपमा, भिभोले भाग्यशाली ग्राहकहरुलाई १५०० स्क्रिन रिप्लेस्मेन्टस्, १० पावर ब्यान्क, ६ ऐयरबडस् र ४३–ईन्च स्मार्ट टि.भी. प्रदान गर्नेछ ।

‘नेपालमा तेस्रो वार्षिकोेत्सवको अवसरमा भारी छुट र बम्पर पुरस्कारका रुपमा यस्ता आकर्षक अफरहरु ल्याउन पाउँदा हामी खुसी छौं । मेला ५ जानवरी २०२१ सम्म मान्य रहनेछ र ग्राहकहरुलाई निकै कम मूल्यमा उत्कृष्ट उत्पादन लिने अवसर दिलाउनेछ,’ भिभो नेपालका सीईओ मार्सले भने ।

नेपालको सबैभन्दा ठूलो ई–कमर्स वेबसाईट, दराजले पनि भिभो सेल्स् कार्निभलको शुरुवातकै सोही दिन आफ्नो वार्षिक वर्ष–अन्त सेल शुरु गर्दैछ । साझेदारीमा थप, दराजले निःशुल्क सिपमेन्ट जस्ता धेरै आकर्षक अफरहरु प्रदान गर्दछ । साथै भिभो स्मार्टफोनहरुको खरिदमा २ प्रतिशतदेखि ३ प्रतिशतसम्म नियमित छुट समेत छ । दराजले ग्राहकहरुलाई रु. २१०० सम्मको भौचर अफरहरु पनि प्रदान गर्दैछ ।

३० भन्दा बढी मुलुकहरुमा आफ्नो उपस्थितिको सहित भिभोले नेपालमा आफ्नो यात्रा २०१७ मा स्ुरु गरेको हो र नवीनतम स्मार्टफोन प्रविधि विकास गरी बजारमा सफलपूर्वक आफ्नो लागि सुरक्षित स्थान बनाएको छ ।


क्लिकमान्डु