कस्तो घरमा बस्छन् बिल गेटस, मार्क जुकरवर्ग र वारेन बफेट ? यस्ता छन् विशेषता



काठमाडौं । संसारका धनीहरुमा नाम कहलाएका अर्बपतिहरु कस्ता घरमा बस्लान् ? भन्ने आम चासो रहन सक्छ । उनीहरुको घर जग्गाको बारेमा आम जानकारी पनि नहुन सक्छ ।

बिल गेट्स, जेफ बेजोस, मार्क जुकरवर्ग, वारेन बफेट तथा ब्लुमवर्गको घर तथा जग्गाका बारेमा आम मानिसलाई चासो रहनु स्वभाविक पनि हो ।

अर्बपतिको सूचीमा रहेका जेफ बेजोस १८१.४ बिलियन डलरका साथ शीर्ष स्थानमा रहेका छन् । यस्तै बिल गेट्स ११८.३ बिलियन डलरका साथ चौथो स्थानमा झरेका छन् ।

फेसबुकका सीईओ मार्क जुकरवर्ग पनि विश्वका अर्बपति सूचीमा पाँचौं स्थानमा रहेका छन् । उनको हाल १०१.८ बिलियन डलर बराबरको सम्पत्ति पुगेको छ ।

न्यूयोर्क शहरका पूर्व मेयर माइकल ब्लूमबर्गको, ५४.९ बिलियन डलरका साथ अर्बपतिको सूचीमा २२ औं स्थानमा रहेका छन् ।

यी सबै अर्बपतिको सूचीमा रहेका व्यक्तिमध्ये केहीले नयाँ विधि अपनाए भने केहीले उनीहरुले अचल सम्पत्तिलाई नयाँ रुपमा प्रयोग गरे ।

जेफ बेजोसः
मेदिना वाशिंगटन रहेको स्टार्टअप कम्पनी अमेजनका मालिक जेफ बेजोसको पश्चिम टेक्सासमा मात्रै १ लाख ६५ हजार एकड बराबरको जमिन छ । ई–कमर्श साम्राज्य निर्माणको क्रममा उनले धेरै ठूलो सम्पत्ति जोडे । अमेरिकाको सबैभन्दा ठूलो जमिन मालिकहरूको सूचीमा उनी समेत रहेका छन् । वाशिंगटनमा रहेको वाटरफ्रन्ट घर हो, म्यानहट्टनको सेन्चुरी टावरमा तीन जोडिएको अपार्टमेन्ट, र १२,००० वर्ग फुटको बेभर्ली हिल्स एस्टेटमा टोम क्रुजलाई छिमेकीको रूपमा समेटिएको छ । उनको वाशिंगटनको रहेको घर र अमेजनको मुख्यालय नजिक रहेको अर्को भवन पनि रहेको छ ।

बिल गेट्सः
बिल गेट्सको मात्रै १७० मिलियन डलर पर्ने बंगलामा बस्छन् । उनको साथमा दर्जनौ घोडा, लक्जरी होटल तथा निजी लगानीको फार्म समेत छ । कूल ६६ हजार स्क्वायरफिट भएको घरमा बस्छन् । मेडिना वासिंटनमा रहेको उनको घरलाई अर्को भाषामा छुयान्डु २.० नाम दिइएको छ ।

उनी अधिकांश समय आफनो सोही बंगलामा बिताउँछन् । विवरण अनुसार ७ वर्ष पहिले उनले ६३.२ बिलियन डलर खर्च गरेर सो घर बनाएका हुन् । जसमा अत्याधुनिक प्रविधि सहितको सुविधा जोडिएको छ । अहिले सो घरको मूल्य १७० मिलियन डलर बराबरको रहेको छ ।

मार्क जुकरबर्गः
पालो अल्टो, क्यालिफोर्नियामा रहेको मार्क जुकरबर्गको ५ हजार स्क्वारफिटको घर रहेको छ । सबैभन्दा कान्छा अर्बपति समे बनेका उनले स्कूल, स्वास्थ्य र अन्य परोपकारी कार्यमा आफ्नो सम्पत्ति खर्च गरेका छन् । उनको घर जग्गाको पोर्टफोलियोमा पालो अल्टोमा उसको घर र स्यान फ्रान्सिस्कोको डोलोरेस पार्क नजिकै अर्को बंगला रहेको छ । उनले २०११ मा पालो अल्टोमा ७ मिलियन डलरमा पहिलो शिल्पकार शैलीको घर खरिद गरेका थिए ।

वारेन बफेटः
चतुर लगानीकर्ताको रुपमा रहेका वारेन फबेटले पनि धेरै घर जग्गामा लगानी रहेको छ । उनको घर ओमाहा, नेब्रास्काको कुनामा छ । उनले १९५८ मा ३१ हजार ५०० डलरमा खरिद गरेको घरमा नै बस्छन् । कूल ६ हजार ५०० स्क्वार फिटको आरामदायी घर पनि उनको परिचय बनेको छ ।

माइकल ब्लूमबर्गः
संसारभर एक दर्जन भन्दा बढी घर जग्गा रहेको छ । उनी प्राय जसो समय आफ्नो अपर एस्टेट साइड टाउनहाउसमा बित्छ । उनको न्युयोर्कको ह्याम्पटनमा साथै लन्डन, बर्मुडा, कोलोराडो र फ्लोरिडामा समेत घर रहेको छ ।


क्लिकमान्डु