बर्गर खान हेलिकोप्टर बुक गरेर गए रुसी अर्बपति



आफ्नो फेवरेट खाना खान कुनै एक शहरबाट अर्को शहरमा जानु ठूलो कुरा होइन । तर यस्तो मानिस पनि भेटिएका छन् जसले बर्गर खानका लागि ७२५ किलोमिटर टाढासम्मको यात्रा तय गरेका छन् । त्यो पनि हेलिकोप्टर बुक गरेर ।

३३ वर्षे रुसी अर्बपति विक्टर मार्टिनोवले गर्लफ्रेन्डसँग क्रिमियाको अनुस्थामा विदा मनाउन गएका थिए । तर त्यहाँ उनलाई स्थानीय खाना मन परेन । त्यसपछि उनले ३ लाखभन्दा बढी नेपाली रुपैयाँ पर्ने हेलिकोप्टर बुक गरेर बर्गर खान गएका छन् ।

उनीहरुले खानाका लागि करिब ८ हजार नेपाली रुपैयाँ खर्च गरे । मार्टिनोव र उनकी प्रेमिकाले हेलिकोप्टर बुक गरेर बर्गर खान गएको विषय अहिले चर्चामा छ ।

मार्टिनोवले आफूले मनपर्ने खाना खानका लागि मात्रै हेलिकोप्टर बुक गरेको र खाना खाइसकेपछि सोही ठाउँमा फिर्ता आएको बताएका छन् ।


क्लिकमान्डु