वासिङ मेसिन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्



काठमाडौं । चिसो मौसमको आगमनसँगै बजारमा ग्राहकहरूलाई आवश्यक लत्ता कपडालगायत विभिन्न प्रकारका घरायसी सामान बजारमा आउन थालेका छन् ।

साथै, चिसो मौसममा आवश्यक सामग्रीमा कतिपय कम्पनीहरूले विशेष घरायसी सामग्री सार्वजनिक गरेका छन् । यस्तै चिसो मौसममा सबैभन्दा समस्या हो कपडा धुने । चिसो मौसममा मोटो तथा धेरैकपडा धुन निकै समस्या हुने गर्दछ ।

त्यसैले चिसो मौसममा बिना झन्झट कपडा धुनका लागि क्षमता भएको व्यक्तिका लागि उत्तम उपाय वासिङ मेसिन हुन सक्छ । यदि तपाईंलाई लुगा धुन निकै समस्या भइरहेको छ भने पायक परेको स्थानबाट किन्न सक्नुहुन्छ ।

बजारमा आधा दर्जनभन्दा पनि बढी कम्पनीको वासिङ मेसिन पाइन्छ । जसमा ग्राहकहरूले बजारमा उपलब्ध वासिङ मेसिन आफ्नो रकमको क्षमता अनुसार किन्न सक्नेछन् । तर, उक्त सामान किन्दा ध्यान पुर्याएर किन्न आवश्यक रहेको व्यवसायीहरू सुझाउँछन् ।

सिजी

नेपालको उत्कृष्ट ब्राण्ड सिजीको बजारमा विभिन्न प्रकारका वासिङ मेसिन पाइन्छ । तर, बजारमा विभिन्न प्रकारका मेसिन पाए पनि परिवारको आकार, क्षमताको रकम र गुणस्तरको वासिङ मेसिन किन्न सुझाउँछन् सिजी कम्पनीका मार्केटिङ तथा ब्राण्ड व्यवस्थापन दिभाकर नगरकोटी ।

बजारमा सिजी कम्पनीको वासिङ मेसिन ६ केजीदेखि १० केजीसम्म क्षमताको बजारमा उपलब्ध छ । जसमा सेमी अटोमेटिक, ट्वीन टब र फुल्ली अटोमेटिक हुन्छ । जसलाई फ्रन्ड डोर पनि भनिन्छ । यसका साथै, कम्पनीले नयाँ सिरिजमा बजारमा सार्वजनिक गर्दै आएको नगरकोटीले जानकारी दिए । नगरकोटीको अनुसार सेमिओमेटिक वासिङ मेसिन २२ हजार २९० देखि फ्रन्ट डोरको १२ केजी क्षमताको मूल्य ८५ हजारसम्मको रहेको बताए ।

बजारमा सिजी ब्रान्डका वासिङ मेसिन स्पा केयरदेखि वुलमार्क विशेषता रहेको नयाँ सामान बजारमा उपलब्ध भएको उनले जानकारी दिए । जसमा स्पा केयर मेसिनको प्रयोगबाट लुगाको भित्रभित्रसम्म गएर वाफ पुगेर पानीलाई ७० डिग्रीसम्म तातो बनाउँदछ । उक्त निस्केको वाफबाट ९९ प्रतिशत कपडामा भएको भाइरसलाई मार्ने काम गर्दछ । साथै, कपडामा भएको दुर्गन्धलाई पनि हटाउने उनको भनाइ छ ।

त्यस्तै अर्को रहेको छ वुलमार्क । यो विशेषता भएको मेसिन चिसोको लागि विशेष रुपमा बनाइएको कम्पनीको दावी छ । जसले जाडो महिना जस्तै स्वीटर, उनको कपडाका लागि विशेष बनाइएको उनले बताए । जसमा उनको कपडा राम्रोसँग धुनुका साथै बीएलडीसी मोटर प्रयोग गरेको कम्पनीले जनाएको छ । बीएलडीसीले प्रयोगबाट घरमा भएको बत्तिको ७० प्रतिशत कम बिजुली खपत गर्दछ ।

त्यस्तै, अर्को रहेको वाटर क्युप ड्रम । यसलाई ३६० डिग्रीमा कपडा धुने पनि भनिन्छ । यसले अगाडि, पछाडि सबैतिरबाट धोएर सबै खालको किटानु मार्ने काम गर्दछ । साथै, सोयल लेबल रहेको मेसिन पनि उपलब्ध भएको कम्पनीको भनाइ छ ।

सामसुङ

नेपाली बजारमा इलेक्ट्रिक सामग्रीमा उत्कृष्ट रहेको सामसुङ कम्पनीको पनि विभिन्न प्रकारका वासिङ मेसिन पाइन्छ । जसमा सामसुङ कम्पनीको तीन प्रकारका मेसिन बजारमा उपलब्ध भएको कम्पनीका प्रोडक्ट म्यानेजर शेखर खतिवडा बताउँछन् ।

कम्पनीमा सेमिअटोमेटिक टप लोड मेसिन, फुल अटोमेटिक टप लोड मेसिन र फुल्ली अटोमेटिक फ्रन्ट लोड रहेको छ । जसमा फुल्ली अटोमेटिकमा ७ देखि ९ केजी क्षमता भएको वासिङ मेसिन उपलब्ध छन् ।

यस्तै, कम्पनीसँग नयाँ मोडलको क्युब ड्राई मेसिन उपलब्ध भएको खतिवडाले बताए । यसको विशेषता भनेको तुरुन्तै सुकाउने रहेको छ ।

यसका साथै, कम्पनीसँग एड वास भन्ने अर्को मेसिन छ । जसमा मेसिन चलिरहेको अवस्थामा कुनै छुटेको कपडा धुन मिल्ने खालको मेसिन छ ।

त्यसैगरी कम्पनीसँग भएको फ्लेक्स वास मेसिनले २४ केजीसम्म कपडा धुने क्षमताका रहेको उनले बताए ।

साथै, कम्पनीसँग स्टिम हाइजिन, कम्बो मोडलमा वाइफाई, इकोबोबल रहेको छ । जसमा इकोबोबलले जेनेरेटरबाट पानी र सरफसँग मिसेर धेरैभन्दा धेरै फिज निकाल्दछ ।

कम्पनीको अनुसार कम्पनीमा उपलब्ध मेसिनहरूको मूल्य करिब २८ हजारदेखि २ लाख ६९ हजारसम्मको उपलब्ध रहेको बताए । जसमा सबैभन्दा बढी बिक्री हुनेमा भने ६० हजारदेखि ९० हजारसम्मको बढी मेसिन बिक्री हुने उनको भनाइ छ । त्यसमा नेपालमा सबैभन्दा बढी बिक्री हुने ८० प्रतिशत फुल्ली अटोमेटिक, फ्रन्ट लोड वासिङ मेसिन रहेको छ ।

ह्विलफुल

नेपाली बजारमा घरायसी सामग्री अत्यधिक बिक्री हुने ब्रान्ड हो ह्वीलपुल । उक्त कम्पनीको बजारमा वासिङ मेसिन साढे ६ केजीदेखि १२ केजी क्षमता रहेको टप लोडिङको सामग्री उपलब्ध छन् ।

त्यस्तै अन्य कम्पनीको जस्तो विभिन्न प्रकारका मोडलमा मेसिन उपलब्ध रहेको कम्पनीका मार्केटिङ म्यानेजर सरोज श्रेष्ठले बताए । उनका अनुसार बजारमा पाएको हाइसेन्सको मेसिन भने अलि सस्तो रहको बताए ।

ह्वीलपुल कम्पनीको २३ हजारदेखि ६३ हजारसम्मको मेसिन पाइने श्रेष्ठलेको भनाइ छ । साथै, कम्पनीको अनुसार ह्वीलपुलको पनि तीन प्रकारका वासिङ मेसिन बजारमा पाइन्छ भने मोडल अनुसारको विशेषता रहेको उनले बताए ।

एलजी

यस्तै, विश्वव्यापीरुपमा सार्वधिक बिक्री हुने एलजी कम्पनीको बजारमा क्षमता अनुसारको वासिङ मेसिन पाइन्छ । जसमा कम्पनीको ६ केजी देखि १० कजीसम्मको वासिङ मेसिन बजार उपलब्ध छन् ।

त्यस्तै बजारमा पाइने एलजी मेसिनमा एलजी ८ केजी ५ स्टार इन्भर्टर वाइफाइ फुल्ली अटोमेटिक फ्रन्ट लोडिङ वासिङ मेसिन, फुल्ली अटोमेटिक मेसिन, सेमी अटोमेटिक मेसिन पाइन्छ । उक्त बजारमा पाइने वासिङ मेसिनको मूल्य २० हजारदेखि ४ लाखसम्मको मेसिन पाइने कम्पनीले जनाएको छ ।

मेसिन किन्दा ध्यान दिनुपर्ने कुराहरू 

यसैगरी, वासिङ मेसिन किन्नका लागि कस्तो–कस्तो कुरामा ध्यान दिनुपर्ने धेरैलाई थाहा नहुन सक्छ । यसले गर्दा वासिङ मेसिन किन्दा सबै बुझेर आफ्नो परिवारको आकार र क्षमता अनुसारको मेसिन किन्न सुझाउँछन् व्यवसायीहरू ।

१. परिवारको आकार अनुसार किन्नु पर्दछ ।
२. आफ्नो रकमको क्षमता अनुसार किन्नु पर्दछ ।
३. एक पटकमा कति केजीसम्म धुने भन्ने कुरामा ध्यान दिनुपर्दछ ।
४. लुगा धुँदा मेसिनबाट के–कस्तो आवाज तथा भाइब्रेसन आउने भन्नेमा ध्यान दिनु पर्दछ ।
५. बत्तिको खपत कति हुन्छ ।
६. पानीको खपत कति गर्छ ।
७. कति समयमा धुएर सकिन्छ ।
८. मेसिनले सफा गर्दा खेरी सफा हुन्छ वा हुँदैन ।
९. धुएर निकाल्दा कतिको सुकेको हुन्छ ।


क्लिकमान्डु