भर्चुअल मनि बिटक्वाइनका लगानीकर्ता मालामाल, एक युनिटकै साढे २३ लाख रुपैयाँ



काठमाडौं । भर्चुअल मनि बिटक्वाइन यो वर्ष रेकर्डको तहमा पुगेको छ । यसमा लगानी गर्नेहरुले मालामाल कमाएका छन् ।

सोमबार बिटक्वाइन ९ प्रतिशतले बढेको छ । यसका साथै यो १९ हजार ८६० डलर डलर अर्थात् एक बिटक्वाइन बराबर २३ लाख ५७ हजार रुपैयाँ पुगेको छ । र, यो यसवर्षको उच्च बिन्दु हो । यसअघि सन् २०१७ मा बिटक्वाइनको मूल्य १९ हजार ८७३ डलर पुगेको थियो ।

सन् २०२० मा अहिलेसम्म १७५ प्रतिशतको वृद्धि

बिटक्वाइनका लागि सन् २०२० निकै फलदायी सावित भयो । यो वर्ष हालसम्म यसको मूल्य १७५ प्रतिशतले बढिसकेको छ । कोरोना महामारीपछि मार्च महिनामा बिटक्वाइनको मूल्य ४ हजार डलर प्रतियुनिटसम्म झरेको थियो ।

तर अहिले डलर कमजोर भएका कारण बिटक्वाइन तीव्रगतिमा उकालो लागेको छ ।

अमेरिकाको ब्रोकरेज तथा ट्रेडिङ कम्पनी इटोरोका म्यानेजिङ डाइरेक्टर हिर्षले भने, ‘व्यक्तिगत तथा एसेज म्यानेजरहरु ठूलो संख्यामा बिटक्वाइन खरिद गरिरहेका छन्, यो समय करिब ३६५ डलर बिटक्वाइन सर्कुलेसनमा छ ।’

विश्वको सबैभन्दा ठूलो एसेज म्यानेजर फर्म ब्ल्याकरको अनुमानमा सेफ हेवन च्वाइसका रुपमा बिटक्वाइन एक दिन सुनको स्थानमा आउन सक्नेछ । त्यसकारण पनि बिटक्वाइनको मूल्यमा भारी वृद्धि भइरहेको छ ।

त्यसका साथै साना क्रिप्टोकरेन्सी सुमार इथेरियम, एक्सआरपी, लाइटक्वाइन र स्टेलरको मूल्यमा पनि बढोत्तरी भएकाले पनि बिटक्वाइनको मूल्यमा बढोत्तरी भएको हो ।

बिटक्वाइन सन् २००८ मा शुरुवात भएको थियो । तर आधिकारिकरुपमा बिटक्वाइन सन् २००९ मा शुरु भएको थियो । नेपालमा हाल यसका लागि कानूनी मान्यता प्राप्त छैन ।

क्रिप्टोकरेन्सीका संस्थापकसँग लञ्च गर्दैछन् वारेन बफेट

सेयर बजारका बादशाह भनेर चिनिने वारेन बफेटसँग लञ्चका लागि मात्रै कुनै समय ५० करोड रुपैयाँको बोली लगाउनेको नाम सार्वजनिक भएको छ । क्रिप्टोकरेन्सी ट्रानिक्सका संस्थापक जस्टिन सन (२८ वर्षे)ले यो बोली लगाएका थिए ।

ट्रानिक्सलेसोमबार एक ट्विट गर्दै यो जानकारी दिएका हुन् ।

बफेटले क्रिप्टोकरेन्सीमा विश्वास गर्दैनन् । उनी बिटक्वाइनलाई मुसा मार्ने औषधिभन्दा पनि खराब भएको बताइसकेका छन् । तर अब उनी एक क्रिप्टोकरेन्सीका संस्थापकसँग खाना खानेछन् ।

ट्रानिक्सले क्रिप्टोकरेन्सी क्षेत्रका अन्य मानिसलाई बोलाउने भएका छन् । उनले भनेका छन्, ‘मलाई विश्वास छ कि सही बातचित र समझदारीबाट क्रिप्टोकरेन्सीका प्रति बफेटको सोच परिवर्तन हुनेछ ।’

उनले लगानीको रणनीतिका आधारमा क्रिप्टोकरेन्सीमा पनि आफ्नो पोर्टफोलियो समावेश गर्न सक्नेछन् । सनका अनुसार बफेटसँग लञ्चका लागि उनले क्रिप्टोकरेनसी क्षेत्रका प्रमुखहरुलाई पनि निमन्त्रणा गर्नेछन् । यसले सबैलाई फाइदा पुग्ने आशा व्यक्त गरिएको छ ।

सनले सन् २०१७ मा क्रिप्टोकरेन्सी ट्रानको शुरुवात गरेका थिए । क्वाइन मार्केट क्याप डट कमका अनुसार ट्रानको बजार मूल्य विश्वका ठूला ११ क्रिप्टोकरेन्सीमा छ । जसको मूल्य २.५ अर्ब डलर पुगिसकेको छ ।

सनले बफेटसँग लञ्चका लागि २० वर्षको उमेरदेखि प्रयासरत रहेको बताएका छन् । उनको बोलीबाट प्राप्त हुने रकम फ्रान्सिस्कोको दातृ संस्था ग्लाइड फाउन्डेसनलाई दिइनेछ । यसपटकको रकम अहिलेसम्मकै सबैभन्दा बढी छ । पछिल्लो १९ वर्षको बोलीबाट ग्लाइड फाउन्डेसनले हालसम्म साढे ३ सय करोड रुपैयाँ प्राप्त गरिसकेको छ ।


क्लिकमान्डु