हुवावेलाई ब्रिटिस सरकारको झट्का, फाइभजी किटमा लगायो प्रतिबन्ध



चिनियाँ कम्पनी हुवावेलाई ब्रिटिस सरकारले सोमबार झट्का दिएको छ । ब्रिटिस सरकारले एक आदेश जारी गर्दै स्थानीय टेलिकम कम्पनीहरुलाई सेप्टेम्बर २०२१ बाट हुवावेको फाइभजी किट प्रयोग नगर्न भनेको छ ।

यसका साथै पहिलेदेखि नै प्रयोग भइरहेको हुवावेको फाइभजी किट सन् २०२७ को अन्त्यसम्म निकाल्न पनि कम्पनीहरुलाई आदेश दिइएको छ । यो घोषणा संसदमा बहस हुनुभन्दा अगाडि नै जारी गरिएको हो । जहाँ नयाँ टेलिकम नियम सम्बन्धि चर्चा हुने थियो ।

राष्ट्रिय सुरक्षा जोखिम
बेलायतको सरकारले अमेरिकी इन्टेलिजेन्स सहयोगीद्वारा बताइएको सेक्युरिटी रिस्कलाई ध्यानमा राख्दै यो आदेश दिएको हो । यसमा हुवावेबाट राष्ट्रिय सुरक्षा मार्चामा जोखिम रहेको जनाइएको छ ।

त्यहाँको सरकारले नयाँ हुवावे फाइभजी किटको खरिदारीमा पहिले नै प्रतिबन्ध लगाइसकेको छ । ब्रिटिस सरकारले यो फैसला गत जुलाइमा लिएको थियो । उसले जुन चिप टेक्नोलोजीमा अमेरिकाले प्रतिबन्धका कारण चेन प्रभावित हुन सक्नेछ ।

ब्रिटिस सरकारका डिजिटल मिनिस्टर ओलिवर डाउडेनले आफूहरुले देशमा फाइभजी नेटवर्कबाट हाइ रिस्क हुने भेन्डर्सलाई पूर्णरुपमा हटाइएको बताएको छ । नयाँ नियम अनुसार टेलिकम उपकरणहरुलाई प्रतिबन्ध गरिनेछ । जुन राष्ट्रिय सुरक्षाका लागि खतरा उत्पन्न गर्न सक्छन् ।

हुवावेको आरोप
चीनले ब्रिटिस सरकारले लिएको फैसलाको आलोचना गरेको छ । हुवावेले गत साता नै ब्रिटेन सरकारले नयाँ कानूनका आधारमा देशमा विस्तार भइरहेको फाइभजीबाट उसलाई बाहिर राख्न खोजिरहेको छ । नयाँ कानून अनुसार यदि कुनै कम्पनीले प्रतिबन्धलाई नमानेको अवस्थामा उसलाई एक लाख पाउण्ड सम्म जरिवाना लगाउन सकिनेछ ।

ब्रिटेन सरकारले फाइभजी सप्लाइ चेनका लागि नयाँ रणनीति पनि घोषणा गरेको छ । जसमा शुरुवाती रुपमा २५ करोड पाउण्ड लगानी हुनेछ । साथै जापानी कम्पनी एनईसीको सहयोगबाट ट्रायल तथा नयाँ नयाँ रिसर्च सुविधाहरुको पनि स्थापना हुनेछ ।


क्लिकमान्डु