नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन सञ्चालक समितिका अध्यक्ष न्यौपाने फेरि पक्राउ



काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन सञ्चालक समितिका अध्यक्ष समेत रहेका लम्बोदर कुमार न्यौपाने पक्राउ परेका छन् । उलाई बुधबार चण्डोलबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध नेपाल इन्जिनियरिङ कलेजको २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

उनले कलेजको सम्पत्ति विभिन्न परिपञ्च गरी संस्थालाई हानी नोक्सानी पुर्याएको, आफू एवम् अन्य संलग्न व्यक्तिहरुलाई समेत लाभ पुर्याइ तथ्यगत रुपमा खुलेको ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ र लेखा परीक्षणबाट खुल्न आएको बेरुजर २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ गठी गरेको आरोप लागेको छ ।

उनी चण्डोल भन्ने स्थानमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

सन् २०५१ सालमा ७ जना सञ्चालक रहने गरी मुनाफारहित उद्देश्यले कलेजको स्थापना गरिएको थियो । त्यसपछि पुरानो सञ्चालक समिति भंग गरी २०७६ साल ७ महिना २३ गते चांगु नारायण नगरपालिकाका मेयरको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन भएको थियो ।

त्यसअघि २०७३ फागुन २० गते सञ्चालक समितिको बैठकले जनही १ करोड ५० लाख रुपैयाँ रकम बिल भरपाइ पेश गर्न नपर्ने गरी कलेजको रकम सञ्चालकहरुले लिएका थिए । कलेजको रकमबाट खरिद गरेको ४९ लाख ५६ हजार रुपैयाँको गाडी तत्कालिन अध्यक्ष न्यौपानेले आफ्नो नाममा दर्ता गरी चलाएका थिए ।

उनले कलेजको लेटर प्याड र छापको दुरुपयोग गरी खर्च नै नभएको सचिवालयको खर्चको बाहनामा न्यौपानेले ५७ लाख ५० हजार रुपैयाँ रकम झिकेका थिए । न्यौपानेले काल्पनिक शीर्षक बनाएर सादा कागजमा हस्ताक्षर गरी बिल भरपाइ नचाहिने गरी आफ्नो कार्यकालको विभिन्न मितिले रकम झिकेर ठगी गरेका थिए ।

उनी २०७० मंसिर २३ गतेदेखि २०७५ असोज १५ गतेसम्म सञ्चालक समितिको अध्यक्ष थिए । हाल सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले समेत उनी विरुद्ध सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान गरिरहेको छ । त्यसका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट घुस सम्बन्धि मुद्दाको कसुरमा धरौटीमा रिहा भइ उक्त मुद्दा विचाराधीन छ ।


क्लिकमान्डु