बैंक अफ काठमाण्डूका सीइओ शोभनदेव पन्तको तलब एकवर्षमा ४९ लाख रुपैयाँले बढ्यो



काठमामाडौं । बैंक अफ काठमाण्डू(बिओके)का प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तको तलब सुविधा एकवर्षमा ४९ लाख रुपैयाँले बढेको छ ।

बैंककोे वार्षिक प्रतिवेदन अनुसार पन्तले आर्थिक वर्ष २०७६÷७७ मा २ करोड ८१ लाख ३ हजार ७९० रुपैयाँ तलब तथा भत्ता गरेर बुझेका छन् । यो भनेको महिनाको २३ लाख ४१ हजार रुपैयाँ हो । अर्थात दिनको ७८ हजार रुपैयाँ तलब तथा भक्ता गरेर पन्तले गत आर्थिक वर्षमा बुझेका छन् ।

आर्थिक वर्ष २०७५÷७६ मा पन्तले बिओकेबाट २ करोड ३२ लाख रुपैयाँ तलब तथा पारिश्रमिक बुझेको वार्षिक प्रतिवेदनमा देखिन्छ ।

यसरी बैंकले दिएको तलबमा भने तिनुपर्ने कर रकम कटाएर मात्र पन्तले तलब सुविधा पाउँछन् । करिब ३६ प्रतिशत कर यस्तो तलब सुविधामा लाग्ने गरेको छ ।

बिओकेमा असार मसान्तमा ८२२ जना कर्मचारी छन् । गतवर्षको असार मसान्त ७७६ जना कर्मचारी थिए । बैंकले गतवर्ष तलब तथा सुविधामा कर्मचारीको लागि १ अर्ब ११ करोड खर्च गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब १५ करोड रुपैयाँ खर्च गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष ३.४८ प्रतिशतले घटेको छ । नाफा गरेको कारण कर्मचारीले पाउने बोनस घटेको हुँदा कर्मचारीले पाउने तलब सुविधा घटेको हो ।


क्लिकमान्डु