गुगल, फेसबुक र ट्विटरले दिए पाकिस्तान छाड्ने धम्की



गुगल, फेसबुक र ट्विटर जस्ता ठुला टेक कम्पनीले पाकिस्तान छाड्ने धम्की दिएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार एक घोषणा गर्दै इन्टरनेटको कन्टेन्टमा सेन्सरसिप लगाएका थिए ।

उनले जुन कम्पनीले यस्तो नियम तोड्नेलाई जरिवाना लगाउने बताएका थिए । जसलाई लिएर अहिले विरोध भइरहेको छ ।

वैश्विक इन्टरनेट कम्पनीका प्रतिनिधि गर्ने संगठन एसिया इन्टरनेट गठबन्धनले इन्टरनेट कम्पनीहरुलाई निशाना बनाउने नयाँ कानून चिन्ताजनक रहेको बताएका छन् ।

संगठनले यो कानूनी लागू भयो भने पाकिस्तानबाट सम्पूर्ण कारोबार बाध्यताबस हटाउनु पर्ने बताएको छ । यो संस्थाले एसियामा गुगल, फेसबुक र ट्विटर जस्ता टेक कम्पनीको प्रतिनिधित्व गर्दछ ।

३.१४ मिलियन डलरसम्म जरिवाना
पाकिस्तानी सञ्चारमाध्यमबाट अनुसार आइटी मन्त्रालयले बुधबार गरेको नयाँ नियम अनुसार सोसल मिडिया कम्पनी तथा इन्टरनेट सेवा दिने कम्पनीहरुले जाँच एजेन्सीले माग गरेका सबै जानकारी दिनुपर्नेछ । जसमा सब्सक्राइबरको सूचना, ट्राफिक डाटा र युजरको डाटा समेत हुनेछ ।

साथै सोसल मिडिया कम्पनीहरुले र इन्टरनेट सेवा दिने कम्पनीहरुले इस्लामको अवहेलना हुने सामग्री, आतंकवादलाई बढावा दिने सामग्री, अभद्र भाषा, अश्लिल साहित्य सामग्री प्रसारण गरेमा ३.१४ मिलियन डलरसम्म जरिवाना लगाउन सकिनेछ ।

उक्त नियम घोषणा भएसँगै गुगल, फेसबुक र ट्विटर जस्ता कैयन कम्पनीहरुले यदि यो कानूनी रह्यो भने कारोबार छाड्न बाध्य हुनुपर्ने बताएका छन् ।


क्लिकमान्डु