तिहारलगत्तै चार व्यवसायीलाई जरिवाना



काठमाडौं । नेपालीहरूको महान चाड तिहारलगत्तै चार व्यवसायीलाई कारबाहीको दायरामा ल्याई जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तिहार लगत्तैको अनुगमनबाट चार व्यवसायीलाई कारबाहीको दायरााम ल्याई जरिवाना गरेको हो ।

विभागले तिहारको माहोलमा व्यवसायीहरूले गुणस्तरहित सामान बिक्री गर्ने, उत्पादन गर्दा गुणस्तहीन कच्च पदार्थ प्रयोग गर्ने, म्याद सकेको सामान बिक्री गर्ने तथा मूल्य वृद्धि गर्ने प्रवृत्ति मौलाएको हुनाले तिहारमा विशेष अनुगमन गरेका थिए ।

विभागले गत कात्र्तिक २८ गतेसम्म अनुगमन गरेका थिए । तर, तिहारको समयका सबै कार्यालय बन्द भएका कारण अनुगमन भएको थिएन । त्यस्तै विभागले पुनः बिहिबारबाट अनुगमन गर्न शुरू गरेका छन् ।

उक्त अनुगमनबाट मात्रै चार जना व्यवसायी कारबाहीमा परी २० हजार जरिवाना गरेको छ । विभागले चन्द्रागिरी–१२ रहेको सिम्चा भेराइटी सप्लायर्स प्रालिको मार्ट र काठमाडौं महानगरपालिका–४ स्थित रहेको राजकिशोर प्रसादको फलफूल पसललाई ५÷५ हजार जरिवाना गरेको छ । जसमा फलफूल पसलमा रहेको खान अयोग्य वा म्याद सकिएका करिब ७ हजार ३८० मूल्यकोे फलफूल तत्काल नष्ट गर्न लगाइएको विभागले जनाएको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ५४ (१) को कार्य गरेकोले सोही ऐनको दफा ३८(ड) को कसुरमा दफा ३९ (१) बमोजिम ५÷५ हजार जरिवाना गरेको जनाएको छ ।

त्यसैगरी, विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा कार्य गरेकोले सोही ऐनको दफा ३८ (घ) को असुरमा दफा ३९(१) बमोजिम काठमाडौं महानगरपालिका–४ स्थित रहेको कृषि मिट शपलाई १० हजार जरिवाना गरेको छ ।

विभागले सोही दिन २० वटा पसलहरूमा अनुगमन गरेकोमा ४ जनालाई कारबाही र अन्य १६ व्यवासायीलाई कोभिड–१९ सम्बन्धि नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।


क्लिकमान्डु