आइफोनको गती सुस्त बनाएको आरोपमा एप्पलले करिब डेढ अर्ब तिर्न तयार



एप्पल कम्पनीले आफ्ना पुरानो फोन सुस्त बनाएको आरोपमा ११ करोड ३० लाख अमेरिकी डलर अर्थात् १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रकम तिर्ने भएको छ ।

अमेरिकाका ३३ वटा राज्यले एप्पल कम्पनीमाथि नयाँ आइफोन बिक्री गर्न पुराना आइफोन सुस्त बनाएको आरोप लगाएका थिए । जसबाट लाखौं मानिसहरु प्रभावित भएको उनीहरुले बताएका थिए ।

सन् २०१६ मा आइफोन सिरिज अन्तर्गतका आइफोन ६ र ७ साथै एसई मोडल स्लो भएको दावी गरिएको थियो । जसलाई ब्याट्रिगेजको संज्ञा दिइएको थियो ।

यस विषयमा एप्पले प्रतिक्रिया दिन अस्वीकार गरे पनि विगतमा ब्याट्री लाइफ बढाउनका लागि पुरानो भएकाले आइफोन स्लो भएको दावी गरेको थियो ।

गत मार्च महिनामा एप्पले एउटा छुट्टै मुद्दामा प्रयोगकर्ताहरुलाई ५० करोड डलरसम्म तिर्न सहमति दिएको थियो ।

सन् २०१६ मा एप्पल कम्पनीले आइफोन ६,७ र एसई मोडलको सफ्टवेयर अपडेट गरेको थियो । जसले गर्दा पुरानो फोनमा प्रयोग भएको चिपको गती सुस्त भएको थियो ।

अस्वभाविक सुस्तता
सन् २०१७ मा आइफोनको गती अस्वभाविक रुपमा घटेको अनुसन्धानबाट पत्ता लागेको थियो । आइफोनले भने सफट्वेयर अपडेट गर्दा त्यसो भएको बताएको थियो । अमेरिकाको एरिजोना राज्यमा अनुसन्धान गर्दा दशौं लाख आइफोन प्रयोगकर्ताहरु उक्त समस्याबाट प्रभावित भएको थिए ।

उनीहरुले आइफोनले नयाँ फोन बिक्री गर्नका लागि पुरानो फोनको गती सुस्त पारेको आरोपलाई भने एप्पल कम्पनीले खण्डन गरिसकेको छ ।

बीबीसी


क्लिकमान्डु