विश्वभरी नै युट्यवमा समस्या, भिडियो चल्न छाड्यो



काठमाडौं । सामाजिक सञ्जाल युट्युवमा समस्या देखिएको छ । जसका कारण बिहीबार बिहान संसारभर युट्युवका भिडियोहरु प्ले भएका छैनन् ।

भिडियोमा थमनेइल देखिए पनि प्ले भने हुँदैन । भिडियो प्ले गर्दा समथिङ वेन्ट रङ, ट्याव टु रिट्राई मात्रै भनेको छ ।

टिम युट्युवले गरेको ट्विटमा भनेको छ, ‘यदि तपाईंले युट्युवमा भिडियो हेर्न समस्या भइरहेको छ भने तपाईं मात्रै एक्लो हुनुहुन्न, हाम्रो टिम यसबारेमा जानकार छ । समस्या समाधानमा हामी लागेका छौं । केही अपडेट भएमा जानकारी दिनेछौं ।’


क्लिकमान्डु