कुमारी बैंकको नाफा ४९.८९ % ले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैंकको नाफा ४९.८९ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड १९ लाख ८८ हजार ७८९ रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा ६० करोड २५ लाख ४३ हजार ८ रुपैयाँ रहेकाे छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा २५ करोड ९१ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको नाफामा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवको पहिलो त्रैमासमा ९१ करोड ८५ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकको चालु आवको सोही अवधिमा आईपुग्दा १ अर्ब ३१ करोड ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

बैंकको सञ्चालन मुनाफा ५६ करोड ६२ लाख ९४ हजार रुपैयाँबाट बढेर ८६ करोड ५ लाख रुपैयाँ रहेको छ । १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ३ अर्ब ५९ करोड ४३ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

१ खर्ब १७ अर्ब २ करोड ६० लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब १० अर्ब ३२ करोड ५२ लाख ६८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो अवधिमा बैंकको खराब कर्जा १.०५ प्रतिशतबाट बढेर १.४३ प्रतिशतमा पुगेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ २५ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ०५ पैसा रहेको छ ।


क्लिकमान्डु