एभरेष्ट बैंकको नाफा ५१.५४ % ले घट्यो, खराब कर्जा बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्ट बैंकको नाफा ५१.५४ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँमा सिमित बनेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १३ करोड ५९ लाख ७७ हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको नाफामा मात्रै नभएर खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा समेत गिरावट आएको छ । गत आवको पहिलो त्रैमासमा १ अर्ब ४३ करोड २५ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकको चालु आवको सोही अवधिमा आईपुग्दा १ अर्ब २ करोड ३२ लाख ९८ हजार रुपैयाँ रहेको छ ।
बैंकको सञ्चालन मुनाफा पनि ९८ करोड ६९ लाख ९९ हजार रुपैयाँबाट घटेर ४७ करोड ८२ लाख ६३ हजार रुपैयाँमा सिमित बनेको छ ।
८ अर्ब ५१ करोड २ लाख ७ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ८ अर्ब ७ करोड ९१ लाख ३७ हजार रुपैयाँ रहेको छ ।
१ खर्ब ५६ अर्ब ५४ करोड ९५ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब १५ अर्ब ९२ करोड ४५ लाख ४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो अवधिमा बैंकको खराब कर्जा ०.१७ प्रतिशतबाट बढेर ०.२२ प्रतिशतमा पुगेको छ ।
प्रति सेयर आम्दानी १५ रुपैयाँ ८१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २२३ रुपैयाँ ३२ पैसा रहेको छ ।