कुमारी बैंकले गर्यो लाभांश संशोधन, अब बोनस र नगद कति ?
काठमाडौं । कुमारी बैंकले लाभांश संशोधन गरेको छ ।
बैंकले यसअघि आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लगानीकर्तालाई १०.८५ प्रतिशत बोनस र ३.१५ प्रतिशत नगदसहित १४ प्रतिशत लाभांश दिने भएकाे छ ।
अहिले बैंकले लाभांश १४ प्रतिशत नै दिने भएपनि बोनस र नगदको दरमा परिवर्तन गरेको हाे । यसअघि बैंकले बोनस १० र नगद ४ प्रतिशत दिने प्रस्ताव गरेको थियो ।
राष्ट्र बैंकको लाभांश स्वीकृत गर्ने कार्यविधि २०७७ खण्ड (ख) लाभाशं स्वीकृत सम्बन्धी बुँदा नं ११ को प्रावधान अनुसार लाभांश दर संशोधन गरेको हो ।