आइफोन १२ प्रो र १२ प्रो म्याक्समा पिपुल डिटेक्सन फिचर, के छन फाइदा ?



काठमाडौं । एप्पल कम्पनीद्धारा उत्पादित आइफोन १२ प्रो र १२ प्रो म्याक्स मोडलमा नयाँ विशेषता थपिने भएको छ । उक्त दुई मोडलका मोबाइलहरुमा अब पिपुल डिटेक्सन फिचर थप हुने भएको हो ।

पिपुल डिटेक्सन फिचर भएको मोबाइलले दृष्टि कमजोर भएका मानिसहरुलाई आफ्नो वरिपरी मानिस भए नभएको थाहा पाउन सजिलो बनाउनेछ । साथै यसले मोबाइल प्रयोगकर्तालाई अरु मानिसहरुभन्दा कति टाढा छु भनेर यकिन गर्न सजिलो बनाउनेछ ।

यो नयाँ फिचर नयाँ आइओएस १४.२ बेटा रिलिजको भाग हो । यसमा लिडार सेन्सर र वाइड एंगल क्यामरा प्रयोग हुनेछन जसले मोवाइल प्रयोगकर्ता र नजिक भएका मानिस विचको दुरी समेत पत्ता लगाउने कम्पनीले जनाएको छ ।

आइओएस १४.२ सार्वजनिक गर्ने क्रममा एप्पलले यसलाई मुख्य परिवर्तनका रुपमा लिन सक्ने बताइएको छ । यो विशेषता सेप्टेम्बरमा प्रयोग गरिएको थियो । यो विशेषता अब एप्पलका पछिल्ला मोडल आइफोन १२ प्रो र १२ प्रो म्याक्सका अभिन्न अंग हुनेछ ।

पिपुल डिटेक्सन फिचरले प्रयोगकर्ताको नजिक मानिस भए नभएको जानकारी दिन्छ । यदि नजिकै कोहि मानिस भएको भेटिएमा यसले दुबैजनाबीचको दुरी समेत मापन गरी मानिस भएको दिशालाई संकेत गर्दै ध्वनी बज्छ ।

कोरोना महामारीले पछिल्लो समय भौतिक दुरी कायम गर्नुपर्ने आवश्यकता भएका बेला यो विशेषता सहयोगी हुने समेत अपेक्षा गरिएको छ ।


क्लिकमान्डु