स्मार्टफोनमा सजिलै भिडियो एडिट गर्न सकिने उपयुक्त ६ एप्स



काठमाडौं । भिडियो कुनै समयको निकै महत्वपुर्ण कुरा थियो । भिडियो खिच्न सक्ने र क्यामरा हुने मानिसलाई निकै महत्वका साथ हेरिन्थ्यो । क्यामरा लिएर हिँड्न सक्ने मानिसको समाजमा बेग्लै शान हुन्थ्यो ।

तर विज्ञान तथा प्रविधिको चमत्कारका कारण अहिले भिडियो खिच्नका लागि विषेश खालको क्यामरा चाहिन्छ नै भन्ने छैन । हरेका मानिसका हातहातमा मोबाइल छन् जसको सहयोगले विभिन्न गुणस्तरमा भिडियो खिच्न सकिन्छ ।

भिडियो खिच्दा विभिन्न नचाहिने दृश्य खिचिएका हुन्छन । साथै कतिपय भिडियो कैद गर्ने क्रममा अनावश्यक आवाजहरु रेकर्ड भएका हुन्छन् ।

कतिपय भिडियोमा भएको आवाजको सट्टा अर्कै आवाज मिसाएर भिडियोलाई सहज र आकर्षक बनाउन पर्ने हुन्छ । तर यो त्यति सजिलो काम भने होइन । त्यहि गाह्रो काम थोरै जागर गर्नेहरुका लागि अब मोबाइलमै सम्भव हुने समय आइसकेको छ ।

मोवाइलामा भिडियो खिच्नुका साथै थोरै आइडिया लगाउनेहरुका लागि भिडियोमा भएका नचाहिने कुरा फाल्ने, अन्य विभिन्न कुरा भिडियोमा राखेर भिडियो एडिट गर्न समेत अब कुनै ठुलो कुरा रहेन । मोबाइल प्रयोगकर्ताको जिवन सहज बनाउनका लागि दैनिक विभिन्न एप्सहरुको विकास भइरहेको छ ।

कतिपय एप्स मानिसको दैनिक जिवनका सारथी बनेका छन् जसको अभावमा दिन कटाउन समेत मुस्किल हुन थालेको छ ।

विभिन्न रिलमा भिडियो कैद गरेर त्यसलाई विभिन्न तरिकाले भिडियो मेकिङ गर्ने जमाना अब इतिहास बनिसकेको छ । डिजिटल वल्र्डमा अहिले सानो चिप्समा ठूला ठूला भिडियोहरु स्टोर गर्न सकिन्छ र ती भिडियोहरुलाई केही क्लिकका भरमा आफुलाई चाहिएजस्तो बनाउन सकिन्छ । तर त्यसका लागि उपयुक्त एप्सहरुको आवश्यकता पर्दछ ।

यस्तै विभिन्न एप्सहरुको प्रयोगबाट आजकल धेरै मिडिया, युट्य्ुब, ब्लगरले विभिन्न भिडियो कैद तथा सम्पादन गरी काम गर्न थालिसकेका छन् । मोबाइल एप्सबाटै भिडियो सम्पादन गरेर धेरै प्रयोगकर्ताले पैसा समेत कमाउने गरेका धेरै उदाहरण छन् ।

मोबाइलबाटै भिडियो खिच्न र सम्पादन गर्नेहरुको रोजाइमा परेका उपयुक्त ६ वटा एस्पहरु यस्ता छन् ।

१. भिडियो मेकर फर युट्युव
२. क्विक
३. ब्लगइट
४. काइनेमास्टर
५. पावरडिरेक्टर
६.फिल्ममोरागो


क्लिकमान्डु