यस्ता छन् वान प्लस र वान प्लस ८ प्रो बीच विशेषता



स्मार्टफोन क्षेत्रमा निकै रुचाइएका ब्राण्डहरुमध्येको एक हो वान प्लस । वान प्लस ब्राण्डका मोबाइल प्रयोगकर्ताहरुले विभिन्न मोडलका मोबाइलहरु प्रयोग गर्न सक्छन् ।

पछिल्लो समय व्यापक प्रतिस्पर्धा रहेको बेला वान प्लसले पनि विभिन्न मोडलहरु बजारमा ल्याएको छ ।

तर मोबाइल प्रयोगकर्ताहरुलाई एकपछि आउने मोडलहरुमा हुने भिन्नता थाहा पाउनु निकै जरुरी छ । किनकि मोवाइल किनेपछि पछुताउनुभन्दा पहिले नै भिन्नता थाहा पाई आफूलाई आवश्यक पर्ने विशेषता भएको मोबाइल किन्नु बुद्धिमानी हुन्छ ।

वान प्लस मोबाइलले बजारमा ल्याएको मोडलहरुमध्ये निकै रुचाइएका मोडल हुन वान प्लस ८ र वान प्लस ८ प्रो । उस्तै उस्तै सुनिने यी दुई मोडलहरुबीच केहि भिन्न विशेषताहरु रहेका छन् । ती मध्येका केही भिन्नता यस्ता छन् ।

सबैभन्दा पहिला मोबाइलको मूल्य प्राथामिक विशेषता हुन्छ । भारतीय बजारमा वान प्लस ८ लाई ४१ हजार ९९९ भारु पर्छ भने वान प्लस ८ प्रोलाई ५४ हजार ९९९ भारु पर्दछ ।

वान प्लस ८ मा ६.५५ इन्चको डिस्प्ले रहेको छ भने ८ प्रोमा ६.७८ इन्चको डिस्प्ले छ । दुबै मोबाइलमा रहेको रेयर क्यामरामा पनि केहि भिन्नता रहेका छन् ।

त्यसैगरी वान प्ल्स ८ मा १२ जिबी र्याम रहेको भने ८ प्रो मा ८ जिबी रहेको छ । मोबाइलमा हेरिने प्रमुख विशेषतामध्येको एक हो स्टोरेज । वान प्लस ८ मा २५६ जिबी स्टोरेज रहेको भने ८ प्रोमा १२८ जिबी छ ।

वान प्लस ८ को ब्याट्री क्षमता ४३०० एमएएच छ भने ८ प्रोमा ४५१० एमएएच क्षमताको ब्याट्री रहेको छ ।

यी दुई मोबाइलमा रहेको अर्को भिन्नता हो वजन र वायरलेस चार्जिङ सिस्टम । वान प्लस ८को तौल १८० ग्राम छ भने ८ प्रोको तौल १९९ ग्राम छ । वान प्लस ८ मा वायरलेस चार्जिङ सिस्टम छैन भने ८ प्रोमा वायरले चार्जिङ सुविधा छ ।

त्यसैगरी वान प्लस ८ ग्लेसियल ग्रिन, इन्टरसेलर ग्लो र ओनिक्स ब्यालक रंगमा उपलब्ध छ भने ८ प्रो ग्लेसिलय ग्रिन, ओनिक्स ब्लयाक, अल्ट्राम्यारिन ब्लु रंगमा किन्न पाइन्छ ।

यी दुई मोडलमा रहेको अर्को भिन्नता हो फिङगरप्रिन्ट सेन्सर । वान प्लस ८ मोडलमा यो सुविधा छैन भने ८ प्रोमा फिङगरप्रिन्ट सेन्सर छ ।

तर यी दुई मोबाइलमा धेरै समान विशेषताहरु पनि रहेका छन् । दुबै मोबाइलमा १६ मेगापिक्सलको फ्रन्ट क्यामरा छ । दुबै मोबाइलमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम राखिएको छ ।

दुबै मोबाइलमा फर्म फ्याक्टर टचस्क्रिन, बोडिटाइप ग्लास, टचस्क्रिन, गोरिल्ला ग्लास प्रोटेक्सन, ओक्टा कोर प्रोसेसर रहेका छन् ।

त्यसैगरी अन्य समान विशेषताहरुमा रियर अटोफोकस, अक्सिजन ओएस स्किन, वाईफाई, जीपीएस, डुबल सिम, फाइभ जि, फेस अनलक, कम्पास म्याग्नेटोमिटर, पोक्सिमिटी सेन्सर छन् ।
बजारमा निकै रुचाइएका र राम्रो बिक्री भएका यी दुई मोडल प्रयोगकर्ताका लागि निकै उपयुक्त रहेको कम्पनीको दाबी रहेको छ ।


क्लिकमान्डु