एनएमबि बैंककाे दशैं बोनान्जा योजना, छुटै छुटको बहार



काठमाडौं । एनएमबि बैंकले ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट, क्यासब्याक र किस्ता सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको छ ।

दशैं तिहारलाई लक्षित गरी ५० प्रतिशतसम्म छुट र ईएमआई (किस्ता) सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ । बैंकले कात्तिक १ देखि दशैं बोनान्जा सुरु गरेको छ । जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा ५० प्रतिशतसम्म पैसा बचत गर्न सक्नेछन् ।
एनएमबिका ग्राहकहरूले विभिन्न छुटहरू, क्याशब्याक र ईएमआई सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् ।

बैंकले सिजि डिजिटल ब्राण्डमा एनएमबी भिसा कार्य मार्फत भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट पाउन सकिनेछ । यस्तै आईएमएस ब्राण्डको सामान खरिद गरेर एनएमबी भिसा कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा १ हजार सम्म नगद, एग्रो बजार स्टोरबाट सामान खरिद गर्दा एनएमबी भिषा कार्ड वा मोबाइल बैकिङबाट भुक्तानी गर्दा ५ प्रतिशत, अश्मी ज्वेलर्सबाट गहना बनाउने ज्यालाको भुक्तानी भिसा कार्डबाट गरे ५० प्रतिशत छुट, दरबारमार्ट डटकमबाट सामान खरिद गर्दा भिसाकार्डबाट भुक्तानी गरे १५ प्रतिशत छुट पाउने सकिने छ ।

यस्तै खेती, हाम्रो किराना, पेजमानियाबाट खरिद गरेको सामानको भुक्तानी भिसाा कार्ड वा मोबाइल बैकिङबाट गरेमा १० प्रतिशत छुट पाइने छ । एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु