सिटिजन्स बैंकको ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ” योजना सार्वजनिक गरेको छ ।

बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत दशैमा दक्षिणा पठाउँदा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले दशैंको दिन देखि द्वादशीसम्म तीन पटक गरी ५ सय भन्दा बढी दक्षिणा पठाएमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसरी दक्षिणा पठाउँदा बिबरणमा भने ‘दक्षिणा’ भनी खुलाउनपर्ने छ ।

दशैलाई लक्षित गरि ल्याइएको यो योजनाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकलले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिँदै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

कोरोनाको त्रास अझै कायम रहेको अवस्थामा ग्राहकलाई सकेसम्म बैंकमा नआइ बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग-ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु