नेपाल बङ्गलादेश बैंकद्वारा मुस्कान सेवा नेपाललाई सहयोग प्रदान

क्लिकमान्डु २०७७ कार्तिक ६ गते १४:५४ मा प्रकाशित

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले भक्तपुर जिल्ला सिपाडोल-८, सूर्यविनायकमा रहेको मुस्कान सेवा नेपाल नामक अनाथालयलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

अनाथालयमा हाल ५ छात्र तथा ७ छात्राहरु रहेका छन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द« भुषण श्रेष्ठले मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी गुरुङ्गलाई उक्त रकम हस्तान्तरण गरेका छन् ।

मुस्कान सेवा नेपालले सिपाडोल-८, सूर्यविनायक, भक्तपुर आफ्नै भवन निमार्ण गरिरहेको छ । सोही भवन निमार्णका लागि उक्त रकम प्रदान गरिएको बैकले जनाएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको र आगामी दिनमा यस्ता सहयोग गर्दै जाने जनाएको छ ।

बैँकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैँक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स