कोरोना एमएसएमई कोषको घोषणा



काठमाडौं । स्वीस सरकार बिकास सहयोग एसडिसिको सहयोगमा वान टु वाचले एनएमबि बैंक र लक्ष्मी बैंकसँग साझेदारी गरी कोरोना एमएसएमई सहयोग गर्न कोषको घोषणा गरेको छ ।

कोषले कोरोनाबाट प्रभावित लद्यु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने योजना रहेको छ । यो कोषबाट व्यवसायहरुलाई छोटोअवधिको लागि कर्जा प्रदान गर्नुका साथैव्यवसाय अनुकूल परामर्श र तालिम पनि प्रदान गरि व्यवसायकोदिर्घायु निरन्तरतामा सहयोग पुर्याउन र रोजगारी जोगाउन मद्दत गर्ने छ ।

यो कोषद्धारा करिब सय व्यवसायलाई सहयोग प¥याउने र करिब एक हजार रोजगारी जोगाउने अपेक्षा गरिएको छ । यसअन्तर्गत कोभिड–१९ बाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितो रहित कर्जा र १८ महिना सम्मको लागि ब्याज मिनाहा गरिनेछ ।

त्यसैगरि त्यी व्यवसायहरु मध्ये छनोटमा परेका व्यावसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन् । ‘यस्तो विषम परिस्थितिमा, यो कोषले वान टु वाचको लगानी र व्यवसाय परामर्शको विशेषज्ञताको प्रयोग गर्दै उच्च क्षमता भएका व्यवसायलाई पहिचान गरि सहयोग गर्र्नेछ ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सुनील केसीले बैंकको प्राथमिकता दिगो बैकिङ्ग रहेको बताए । उनले एमएसएमई नै अर्थतन्त्रको दिगो बृद्धिको प्रमुख चालक हुन भन्ने धारणा रहेको उल्लेख गरे ।

‘सम्पूर्ण व्यासायिक क्षेत्रहरु विशेष गरि एमएसएमई अहिले कमजोर छ र घाटा बेहोरी राखेको छ’ उनले भने यस्ता व्यवसायहरुको पुनरुद्धार योजनालाई साथ दिन, एनएमबी बैंक, एक साझेदार बैकंको रुपमा अति प्रभावित व्यवसायलाई धितो रहित कर्जा प्रदान गर्न प्रतिबद्ध छ । एनएमबी बैंकले यस्तो अन्य पहलहरु लाई समर्थन प्रदान गर्न प्रतिवद्ध छ ।’


क्लिकमान्डु